पुस २७, सल्यान । वैदेशिक रोजगारमा रहेका सल्यानका एक युवकको सडक दुर्घटनामा निधन पछि संगै काम गर्ने साथीहरुले परिवारलाई आर्थिक सहयोग पठाएका छन ।
जिल्लाको बागचौर नगरपालिका ७ निबासी ज्ञान बहादुर खडकाको गत महिना मलेसियामा सडक दुर्घटनामा परि निधन भएको हो । रोजगारदाता कम्पनिले विमा वापतको रकम उपलब्ध गराउने बाचा गरेपनि हालसम्म सो बिमा रकम समयमा उपलब्ध हुन नसकेपछि सो कम्पनिमा काम गर्ने साथीले पैसा उठाएर मृतककी श्रीमति गंगा खडकालाई सो रकम उपलब्ध गराएका हुन ।
केजेसिएफ कम्पनिको ५ शाखाबाट करिब नेपाली ३ लाख रकम उठाई सोमबार मृतककी श्रीमति गंगा खडकाको मुक्तीनाथ बिकास बैक रहेको खातामा सो रकम जम्मा गरि दिएका सो कम्पनिमा कार्यरत रमेश बिएमले जानकारी दिए ।
सो कम्पनिमा कार्यरत मृतक खडकाका साथीहरुले कम्पनि भित्रैका साथीहरुबाट घरपरिवारलाई केहि सहयोग होस भनि एउटा टिम नै बनाई करिब मलेसियन एघार हजार सात सय जम्मा गर्न सफल भएका थिए ।
प्रदेशमा आएपछि परिवारलाई सुख दिने ठुलो सपना हुन्छ तर बिडम्वना परिवारको खम्बा नै नरहेपछि परिवारलाई ठुलो संकट पर्ने भएकोले मृतकसाथीको परिवार लाई सानो सहयोग होस भनेर सो रकम संकलन गरेर हस्तान्तरण गरेको संयोजक बिएमले बताए ।
यो पनि पढ्नुस
प्रतिक्रिया दिनुहोस