दम्पती मृ,त फेला: पतिको भन्दा १० घण्टापछि पत्‍नीको मृ,त्यु


पुस २७, काठमाडौँ । काठमाडौंको टोखा नगरपालिका–३ स्थित ग्रिनभिला हाउजिङमा मृ त अवस्थामा फेला परेका एक दम्पतीको मृ त्युको कारण अझै खुलेको छैन । उमेश केसी र उनी पत्नी सुदीक्षा गिरीको श व शुक्रबार राति अपार्टमेन्टमा भेटिएको थियो ।

उमेशको श व ओछ्यान र सुदीक्षाको घाँ टीमा पा सो लगाएर झु न्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शुक्रबार राति नै दुवै श व त्रिवि शिक्षण अस्पताल पुर्‍याएर प्रहरी अनुसन्धानमा जुटेको छ ।

घटनाको मुचुल्का तयार पार्न खटिएका एक प्रहरीका अनुसार उमेशको श व अर्धन ग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको देब्रेतर्फको टाउकोमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको छ । सुदीक्षाको श व सलले पा सो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो । त्रिवि शिक्षण अस्पतालमा दुवै श वको आइतबार पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको विस्तृत रिपोर्ट आउन अझै एक साता लाग्ने जानकारी चिकित्सकले प्रहरीलाई दिएका छन् ।

चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृ त्यु ‘ब्लन्ट फोर्स इ न्जुरी’बाट भएको उल्लेख गरेका छन् । उमेशको मृ त्यु भएको करिब १०/१२ घण्टापछि सुदीक्षाको मृ त्यु भएको जानकारी चिकित्सकले प्रहरीलाई गराएका छन् । घटनास्थलबाट बरामद गरिएका उमेश र सुदीक्षाका मोबाइल फोन लक गरिएकाले प्रहरीले खोल्न सकेको थिएन । दुवै मोबाइल लक खोलेर प्रमाण जुटाउन विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।

महानगरीय अप राध महाशाखाका एसएसपी दीपक थापाले ह त्यापछि सुदीक्षाले आ त्मह त्या गरेको प्रारम्भिक अनुमान भए पनि मोबाइलबाट प्राप्त हुने तथ्य र पोस्टमार्टम रिपोर्टपछि मात्रै सबै कुरा खुल्ने बताए । घटनास्थलमा मृ तक सुदीक्षाकी दिदी शर्मिला भान्सातर्फको ढोकाबाट प्रवेश गरेको भनिएको विषयमा प्रहरी बढी केन्द्रित भएर अनुसन्धानमा जुटेको छ ।

शर्मिलाले आफू बिहीबार बिहान ११ बजेतिर बहिनीको कोठामा पुग्दा ढोका लगाएको र भान्सातर्फको ढोका ठेलेर भित्र पस्दा दुवैलाई मृ त अवस्थामा फेला पारेको अनि आत्तिएर आफू बाहिर निस्किएको बयान दिएकी छन् । तर उनले किन त्यो घटना देखेर पनि करिब १० घण्टापछि मात्रै प्रहरीलाई खबर गरिन् भन्ने पनि शं काको घेरामा छ । आफू आत्तिएर घटनाबारे जानकारी गराउन नसकेको जिकिर उनको छ । तर प्रहरीले यसलाई सहज रूपमा लिएको छैन । उनलाई कागज गराएर बोलाएका बेला उपस्थित हुने सर्तमा छोडिएको छ ।

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल यस घटनाका पछाडि चारवटा कारण हुन सक्ने बताउँछन् । ‘घरायसी वि वाद, कुराकानीका क्रममा निम्तिने आ वेग, सुदीक्षा अमेरिका जान नपाएको र त्यसले निम्त्याउने कटु ता, विवाह भएर पनि सन्तान हुन नसकेको र अन्तिममा तेस्रो पक्षको प्रवेश र यसमा उमेश–सुदीक्षालाई सि ध्याएर अर्को पक्षले लिएको हुन सक्ने आर्थिक लाभ, यी कारणले घटना घटेको हुन सक्छ,’ उनले कान्तिपुरसँग भने, ‘अनुसन्धानका सबै दायरालाई खुला राखेर तथ्य र प्रमाणमा प्रहरी केन्द्रित हुनुपर्छ ।’

अध्ययनका क्रममा २०७२ वैशाखमा अमेरिका पुगेका उमेश गएको कात्तिक ७ गते नेपाल आएका थिए । उनी माघ १ मा अमेरिका जाने तयारीमा थिए । कान्तिपुरमा खबर छ ।

२७ पुष २०७७, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको