यस्ता छन नेकपा रोल्पाको आगामी कार्यक्रमहरु


असोज २४, रोल्पा । नेत्रबिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला कमिटी रोल्पाको बैठक सम्पन्न भएको छ । बैठक शुक्रबार र शनिबार (२२ र २३ गते) दुई दिनसम्म बसेको जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्द ‘मानव’ले जानकारी दिए ।

सेक्रेटरी चन्दका अनुसार मंसिर ८ गते काठमाडौमा हुन गैरहेको बिशाल आमसभाको तयारी र  कोभिड नियन्त्रणका लागि एकीकृत जनसुरक्षा अभियानलाई निरन्तरता दिने निर्णय भएको छ ।  सर्बपक्षिय अन्तरक्रिया अभियानको माडी गाउँ कमिटीको संयोजकमा सन्दिप र परिवर्तन गाउँ कमिटीको संयोजकमा पृथ्वीलाई जिम्मेवारी दिने निर्णय भएको चन्दले बताए ।

नेकपा रोल्पाले बिगत देखि कोभिड नियन्त्रण एकीकृत जनसुरक्षा अभियान अन्तर्गत विभिन्न राजनीतिक दलहरु, स्थानीय जनप्रतिनिधिहरु, स्वास्थ्य कर्मी, शिक्षक, सुरक्षा कर्मी तथा ब्यबसायीहरुसंग कोभिड १९ नियन्त्रण बिषयक सर्बपक्षिय अन्तरक्रिया चलाइरहेको छ ।

२४ आश्विन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको