भदौ २५, कालिकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी कालिकोटले एमसीसी परियोजनाको खारेजीको माग राख्दै सदरमुकाममा जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । मान्म बजार जिरो प्वाईन्टबाट सुरु भएको र्याली बजार परिक्रमा गरि प्रतिमा चोकमा पुगि जनसभामा परिणत भएको थियो ।
उक्त जनसभालाई जिल्ला इन्चार्ज विराटले सम्बोधन गरेका थिए । साथै जिल्ला सेक्रेटरी मनिलाल ऐडी रणदिप, नेकपा (क्रान्तिकारी माओवादी) कालिकोटका सेक्रेटरी कर्ण बिसी, नेकपा माओवादी केन्द्र समाजवादीका सागरले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले राष्ट«घाती एमसीसी परियोजना पास गरिए ठूलो जनबिद्रोह हुने ठोकुवा गरे । ठूला राजनीतिक दलका नेताहरु सबै दलालमा परिणत भैसकेकाले यो व्यवस्था राजनीतिक दल र यिनीहरुले चलाइरहेको व्यवस्था पनि दलाल र राष्ट«घाती भएकाले विकल्पमा जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने बताए ।
वैज्ञानिक समाजवाद नआएसम्म न त राष्टि«य स्वाधिनताको ग्यारेण्टी हुन्छ न त जनतामा शान्ति सुरक्षा, गाँस, बास, कपास नै, पूरै देशघातीहरुको हालीमुहाली हुने भएकाले देशभक्त प्रगतीशिलहरुको मोर्चा आवश्यक भएको धारणा राखे । उक्त कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य साहासीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस