सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दै

फाइल तस्बीर

भदौ २५, काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । बैठक बिहान नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा अमेरिकी अनुदान सहयोग परियोजना एमसीसी, मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।

२०७४ भदौ २९ मा शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार र एमसीसीबीच ५ सय मिलियन डलर (करिब ५५ अर्ब रुपैयाँ) अनुदान सहयोग सम्बन्धी सम्झौता भएको थियो ।

सम्झौता अनुमोदन गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ असार ३० मा प्रतिनिधिसभामा दर्ता गराएको थियो। तर दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन सकेको छैन।

सम्झौता कार्यान्वयनको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । काठमाडौं आएकै दिन यो टोलीले एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईसँग छलफल गरिसकेको छ ।

छलफलको क्रममा सुमारले एमसीसी अमेरिकाको सैन्य रणनीतिअन्तर्गत नभएको बताएकी छन् ।

 

२५ भाद्र २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको