ओलीले प्रधानमन्त्रीलाई भने- मेरै दलका मानिसलाई मन्त्री बनाइदिनुस् न प्लिज!

फाइल तस्बीर

साउन २६, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै दलका मानिसलाई पनि मन्त्री बनाइदिन अनुरोध गरेका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले मन्त्री खान कुदेकाहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई अनुरोध गरेका हुन्।

‘मेरै पार्टीका केही मानिसहरू पाउँला र खाउँला भनेर यहाँ (देउवा) का पछाडि कुदेका छन्। तिनीहरूलाई मन्त्री बनाइदिनुस् न,’ ओलीले भने, ‘किन बिलम्ब गर्नुभएको?’

उनले मन्त्री खान स्वाँस्वाँ र फ्याँफ्याँ गरिरहेको भन्दै सांसदहरूप्रति कटाक्ष पनि गरेका छन्। साउन ३ मा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले मत दिएका थिए।

‘पछिपछि हिँडेका छन् प्लिज तिनीहरूलाई मन्त्री बनाइदिनु न,’ ओलीले भनेका छन्, ‘बिहान-बेलुकी चाकरीमा हाजिर भएका छन्। मेरो दलमा घाटा भए सहुँला बुझुँला, मन्त्री बनाइदिनुस्।’

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ सांसदले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। ती सांसदप्रति ओलीले आज संसदमा कटाक्ष गरेका छन्।

२६ श्रावण २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको