अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईको अध्यक्षमा दिल पुन


असार २६, युएई । रोल्पालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएईको दोश्रो कार्यकालको अध्यक्षमा दिल पुन निर्बाचित भएका छन् । सुक्रबार सम्पन्न संस्थाको दोस्रो भर्चुअल अधिबेशनद्वारा २०२१-२३ अवधिकालागि नयाँ पदाधिकारीहरु चयन भएका हुन् ।

पुनको नेतृत्वमा ४१ सदस्य सहितको नव पदाधिकारीहरु चयन गरेको थियो भने ९ जनाको सल्लाहकार समिति गठन भएको छ ।

संस्थाको महासचिवमा पुनः दोस्रो कार्यकालका लागि कुमार केसी मनोनित भएका छन् । संस्थाको बरिष्ट उपाध्यक्षमा शेर बहादुर डाँगी निर्बाचित भएका छन् भने अन्य उपाध्यक्षहरु ताजाराम वली, रेग बहादुर केसी, जम्क बहादुर सुनार र सुरेश कुमार केसी निर्बाचित भएका छन् । त्यसैगरी संस्थाको सचिवमा टिकाराम पुन, कोषाध्यक्षमा खुम बहादुर नेपाली र प्रवक्तामा जय चिन्तन निर्बाचित भएका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज युएई सँस्थाको संरक्षकमा रामकृष्ण पुन र प्रमुख सल्लाहकारमा देव राज वली चयन भएका छन् ।

संस्थाको भर्चुअल महाधिवेशनको प्रमुख अतिथि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय अध्यक्ष सन्दिप थापा रहेका थिए भने बिशेष अतिथिहरु नेपाली समाज युएईका अध्यक्ष गोविन्द ढकाल, लुम्बिनी प्रदेश सम्पर्क समिति युएईका अध्यक्ष देवराज ओली, राप्ति समाज युकेका अध्यक्ष हिक्मत रोका, अन्तराष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय तथा युएईका प्रमुख सल्लाहकार रामकृष्ण पुन, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय प्रेस सल्लाहकार केबी गुरुङ, दाङ-देउखुरी समाजका संरक्षक कमल गिरि रहेका थिए भने अतिथिहरु अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय उपाध्यक्ष टोप बहादुर पुन, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रिय कार्यबाहक महासचिव वकिल पुन, अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका केन्द्रीय सदस्य तथा युएईका सल्लाहकार दिलाराम ओली र अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको विभिन्न देशका संयोजक तथा सल्लाहकारहरु र युएई स्थित विभिन्न संघ सँस्थाहरुको प्रमुख तथा प्रतिनिधिहरुको अतिथ्यता रहेको थियो ।

निवर्तमान अध्यक्ष कृतिमान पुनको सभापतित्वमा सम्पन्न अधिबेशनलाई महासचिव कुमार केसीले सहजीकरण गरेका थिए भने सँस्थाको उपाध्यक्ष शेर बहादुर डाँगीद्वारा स्वागत मन्तब्य प्रस्तुत भएको थियो ।

सँस्थाका प्रमुख सल्लाहकार राम कृष्ण पुनको नेतृत्वमा रहेको निर्बाचन समितिले नयाँ पदाधिकारी चयनमा भूमिका निर्बाह गरेको थियो भने बन्द सत्रमा गरिएको निर्णयहरु सार्वजनिक गर्दै निर्बाचन समिति संयोजक रामकृष्ण पुनले नयाँ कार्यसमितिको घोषणा गरेका थिए ।

संस्थाको आर्थिक प्रतिबेदन महासचिव केसीद्वारा प्रस्तुत भएको थियो भने सँस्थाको सांगठानिक प्रतिबेदन निवर्तमान अध्यक्ष कृतिमान पुनले प्रस्तुत गरेका थिए । संस्थाले हालसम्म विभिन्न समयमा विभिन्न पिडितहरुलाई २७ लाख भन्दा धेरै आर्थिक सहयोग गरिरकेको र १६ सय ५७ युएई दिराम बचत रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेको थियो ।

अधिबेशनमा उपस्थित सबै अतिथिहरुद्वारा नबनिर्बाचित पदाधिकारीहरुलाई मन्तब्यद्वारा बधाई तथा शुभकामना दिएका थिए ।

नव पदाधिकारीहरु 

 

२६ असार २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको