असार २६, प्यूठान । प्यूठानको सरुमारानी गाउँपालिका – ३ सुजिनपुरका अन्दाजी २९ बर्षीया मदन राना वेपत्ता भएको डेढ बर्ष बितिसक्दा समेत उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
२०७६ पुस २७ गते बड्डडाडा बजारबाट गाउँपालिकाद्वारा उद्वार गरिएका मदन निल सागर आश्रम सिसहनियाबाट बेपत्ता भएका हुन।
गाउँपालिकाले उद्वार गरे यता मदन हालसम्म सम्पर्कमा नरहेको उनका काका मान बहादुर रानाले जानकारी दिए । रानाले भने, “गाउँपालिकाले मदनको उद्वार गर्यो भन्ने सुनेको हो, खोइ कहाँ लगे, के भयो,थाहा छैन । ” मदनको सास छ कि लास भो गाउँपालिका जबाफदेही हुनुपर्ने उनको भनाई छ। उद्वार गर्दा समेत गाउँपालिकाले कुनै जानकारी नगराएको पीडित परिवारको गुनासो छ ।
स्थानियले समेत मदनको अबस्था जान्न चाहेको बताएका छन। सुस्तमनोस्थितीका मदन बस्ने,खाने र सुत्ने सबै सडकमै गर्दै आएका थिए।
आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश बिष्ट्रले सडक जीवन वाँचिरहेका मदनलाई गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्मा र स्वास्थ्य शाखा संयोजक टेकेन्द्र रायमाझिले उद्वार गरि निल सागर आश्रम सिसहनिया ल्याएर छोडेको जानकारी दिए । उनका अनुसार मदन एक हप्ता नबित्दै आश्रमबाट सम्पर्कविहीन भएका हुन ।
पुस २९ गते आश्रमबाट हराएका मदन गढवामा भेटिएपछी माघ तीन गते आश्रम ल्याईएको थियो। तर, त्यस्को भोलीखेर नै मदन आश्रमबाट बेपत्ता भएको बिस्ट्ले बताए।’ त्यसयता उनको अबस्था पत्ता लाग्न सकेको छैन । प्रहरी र पालिकालाई समेत मदन हराएको जानकारी गराईएको बिस्टले बताए।’ ‘मदन फेला परेपछि हामिले पालिकालाई त्यतै लैजानुस, घरपरिवारमा कोहि छन भने जिम्मा लगाईदिनुस यहाँ राख्न सकिन्न समेत भनेका हौँ।’ उनले भने। ‘पालिकाले नलेको हो ।’
प्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले मदनको जिम्मा लिएका संस्थाहरु नै जबाफदेही हुनुपर्ने बताउनुभयो । प्रजिअ भुसालले, ‘ कस्ले किन र के कारणले कहाँ लगेर छोडेको हो जिम्मा लिएका संस्थाहरुले जबाफ दिनुपर्छ ।’ भन्नुभयो।
प्रतिक्रिया दिनुहोस