जीर्ण बनेको राप्ती राजमार्गकाे विषयमा कपुरकाेटमा छलफल


फागुन २६, सल्यान । राप्ती राजमार्ग अन्तर्गत जीर्ण बन्दै गएको दाङ-सल्यान सडक खण्डको स्तरोन्नतीका सन्दर्भमा मंगलबार छलफल र स्थलगत अनुगमन भएको छ ।

सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी, कपुरकोट गाउँपालिकाका अध्यक्ष सहित सरोकारवाला निकायका प्रमुखहरुले दाङ सल्यान सडक खण्ड अन्तर्गत कपुरकोट क्षेत्रको सडडकको अवस्थाको अवलोकन गरेका हुन् ।

स्तरउन्नती संगै लामो समय देखी यो सडक मर्मत हुन नसक्दा निकै सास्ती हुने गरेको छ । साँघुरो सडक, ठाउँ ठाउँमा खाल्डाखुल्डी भएको कारण यात्रा जोखिमपूर्ण भएको भन्दै धेरैले पटक पटक गुनासो गर्दै आएका छन् ।

अब तत्काल करिव १० करोड बराबरको लागतमा सडक स्तरउन्नती कार्य हुने भएपछि सरोकारवालाहरुले सडकको अनुगनम गरेका हुन् । सल्यान जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई, कपुरकोटट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन, डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश गिरी, सडक डिभिजन कार्यालय दाङका प्रमुख निरज शाक्य लगाएत सुरक्षा निकायका प्रमुख प्रतिनिधीहरुले जीर्ण सडकको अनुगमन र छलफल गरेका हुन् ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुखको अध्यक्षतामा बुधबार बैठक बसी राजनीतिक सहमती कायम गर्दै सल्यान क्षेत्रको सडक स्सतर उन्नती कार्य अगाडी बढाउने विषयमा छलफल भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले बताए । कपुरकोट गाउँ कार्यपालिकाको कार्यालयमा छलफल भएको थियो ।

राप्ती लोकमार्गका विभिन्न स्थानमा अहिले कतै सडक खाल्डाखुल्डी छ त कतै कालोपत्र उप्किएर धुलाम्य भएको छ । यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । सडक जीर्ण बनेपछि यात्रा गर्दा गाडीले उछार्ने–पछार्ने गर्दछ भने यात्रु गन्तव्यमा नपुग्दै बिरामी हुने अवस्था छ । यात्रा गर्न जोखिम पनि उत्तिकै छ । बर्सातमा हिलो र हिउँदमा धुलोका कारण नागरिकले सास्ती पाउँदा पनि सम्बन्धित निकायले चासो नै नदिएको भन्दै सर्वत्र गुनासो आउने गरेको छ ।

प्रमुख जिल्ला अधिकारीलाई कपुरकाेटमा स्वागत

यसैबीच सल्यानमा भर्खरै नयाँ प्रमुुख जिल्ला अधिकारीको जिम्मेवारी सहित आएकी लक्ष्मीदेवी होमागाईलाई कपुरकोट गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिका अध्यक्ष भिम बहादुर सेन, प्रमुख प्रशासकीय अधिकृत मोहन खड्का लगाएत गाउँपालिका परिवारले प्रमुख जिल्ला अधिकारीलाई स्वागत गरेको हो ।

टिका र खादा ओढाएर स्वागत गर्दै गाउँपालिका अध्यक्ष सेनले आर्थिक तथा सामाजिक विकास संगै जिल्लाको शान्ति सु–व्यवस्था कायम राख्न प्रशासन र स्थानीय तहवीच नङ र मासुको जस्तै सम्बन्ध हुनुपर्ने बताएका थिए ।

२६ फाल्गुन २०७७, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको