दशै तिहार हिन्दुहरुको चाड कि समग्र नेपालिहरुको राष्ट्रिय चाड ? के हो दशै तिहार बारेको भ्रम र बास्तबिकता ?


दशै तिहारको वास्तबिकता र तेस्को प्रारम्भ कसरी भयो? भन्ने सन्दर्भमा निकै लामो समय पछाडी फर्किनुपर्ने हुन्छ। अहिले दशै र तिहारलाइ केही परिमार्जन गरेर गलत अर्थ लगाइ, जनमानसमा भ्रमको जरा गाडिएको छ। अहिले हामिले बुझेको दशै तिहारको परिभाषा राजा महेन्द्रले आफ्नो सत्ता अनुकुल ब्राह्मणलाई लेख्न लगाइएको हुनाले हिन्दुहरुको महान चाड भन्ने गरिन्छ। तर वास्तबमा दशै तिहार वैदिक आर्य ( हिन्दु ) हरु नेपालको भुमिमा प्रबेस गर्नुभन्दा सताब्दिऔ पहिले देखि मान्दै आएको तथ्यहरु छरपस्ट छन। यस्को उदाहरणको रुपमा दशैमा लगाइने जमरा, दशैमा कोटमा पुजिने खड्ग, सराए नाच, २२ बजु ( देबि) को पुजा हुन।

१. जमरा-

धौलागिरी हिमश्रीङ्खला अन्तर्गत पुथा हिमालको काख बाट उत्पती भएको मङ्गोलहरुको मानव सभ्याता निर्माणको एमखार( अरिङ्गाल बस्ने ओढार) र पेल्माखार ( जौ छर्ने ओढार) बाट भएको सस्कृती तथा इतिहासबिद बमकुमारी बुढा मगर बताउनुहुन्छ। जौ बिस्वमै सबैभन्दा पुरानो अन्नवाली भनेर बुझिन्छ। यहि जौको उत्पती पेल्माखार बाट भएको हुनसक्ने अनुमान गरिन्छ। सरदको समय जौ को बीउ छरेर सफल परिक्षण भएपछि खुसियाली स्वरुप उमृयको बीउ कानमा लगाएर उत्सब मनाइएको थियो। तेसदेखी नै हरेक सरदमा जौ को जमरा लगाएर उत्सब मनाउन थालिएको हो।

२. कोट र खड्ग पुजा

मानव सभ्याताको बिकास हुँदै जादा थुप्रै समुदाय बन्दै जादा समुदायको सुरक्षाका निम्ति सेना र राजाको निर्माण भयो। जङ्गली जनावर तथा अर्को समुदाय को आक्रमण बाट बच्न र बचाउन राजा र सेनाहरुले ढुङ्गा, काठ हुँदै धातुका हतियार बनाउन थाले, आदिम कालमा सबैभन्दा पहिलो धातुको हतियार नै खड्ग हो। मगरात राज्यहरु बिस्तार हुदैगर्दा दोस्रो राज्यको आक्रमण बाट बच्न अग्लो डाडोमा कोट बनाइन्थ्यो र खड्ग राखिन्थ्यो। हरेक बर्षको सरदमा कोटमा राखिएको खड्ग लाई पुजा गर्ने र युद्धकला सङ्ग सम्बन्धित सराए नाच नाचिन्थ्यो।

३. बाईस बजु (देबि) को पुजा

मगर समुदायमा पित्री पुजा गर्दा बाह्र बराजु र बाईस बजुको बिशेश महत्त्वका साथ पुजा गरिन्छ । दशैमा पुजा गरिने विभिन्न देबिहरु यिनै बाईस बजुहरु हुन। दशैमा कोट पुजा गर्दा मुख्य पुजारी मगर अनिवार्य हुन्छ।

मगरात सभ्यातामा हुने दुई रितुहरु उभौली र उधौली मध्य उधौलीको पुर्बार्ध ( सरद ) मा जौको जमरा लगाएर कोटमा राखिएका हतियार तथा बाईस बजुहरुको पुजा गरि युद्दकला सङ्ग सम्बन्धित सराय नाच नाचेर उत्सब मनाइन्थ्यो। दस दिन सम्म मनाइने यश पर्बलाइ डसरा, दसरा , बडा डसरा हुँदै बडा दशै भन्न थालिएको हो।जुन बेला वैदिक आर्य ब्राह्मण हरु नेपाल प्रबेस गरेकै थिएनन भने दशै हिन्दुहरुको कसरी हुनसक्छ?

सुरुमा हिन्दुहरु दशै मान्दैनथिए पछि गलत अर्थ लगाएर दशै मान सुरुगरेका थिए । त्यस्तै तिहार पनि अठार मगरात अन्तर्गत बल्ढेङ्गढी राज्यका मगर राजा बलिहाङ राना मगरले प्रचलन मा ल्याएका थिए। सुरुमा तिहारमा गाइपुजा गरिदैनथ्यो । र हिन्दुहरुले तिहार मान्दैनथिए पछि गाइपुजा थपेर हिन्दुहरुले ले पनि तिहार मान्न थालेका थिए । यसर्थ दशै तिहार हिन्दुहरुको चाड नभएर सम्पुर्ण नेपालिहरुको रास्ट्रिय चाड हो भनेर बुझौ र बुझाऔ ।

 

२३ आश्विन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको