एमसीसीकी उपाध्यक्षलाई कालो झण्डा देखाउने नेकपाका कार्यकर्ता पक्राउ


भदौ २४, काठमाडौँ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमारलाई कालो झण्डा देखाउन नेपाल कम्युनिस्ट पार्टीका ५० जनाभन्दा धेर्र कार्यकर्ता पक्राउ परेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटेर फर्किने क्रममा फातिमाको टोलीलाई एमसीसीको विरोधमा उत्रिएका नेकपा निकट युवा संगठन र अखिल (क्रान्तिकारी) का नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको नेकपाले जनाएको छ ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वर, तीनकुने, भृकटी मण्डपमा राखिएको छ । यसैबीच पक्राउ परेकाहरुलाई रिहाइको माग गर्दै कोटेश्वरमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले प्रहरी प्रभाग घेराउ गर्दै पक्राउ परेकाहरुलाई तत्काल रिहाइको मागसहित एमसीसीको विरोधमा चर्को नाराबाजी गरेका थिए ।

पक्राउ पर्ने अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन केसी, अखिल (क्रान्तिकारी) भक्तपुरका अध्यक्ष ललितजंग बम, उपाध्यक्ष अशोक महतरा, मदन, खगेन्द्र, सुवास लगायत रहेका छन् । नेकपाले एमसीसी परियोजना खारेज गर्नका लागि सम्पूर्ण शक्ति आन्दोलनमा केन्द्रीत गरेको छ ।

फातिमा नायव उपाध्यक्ष जोनाथन ब्रुक्सलाई साथै लिएर उनी ओली निवास बालकोट पुगेकी थिइन् । यसैबीच पक्राउ परेका नेता कार्यकर्तालाई रिहा गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको छ ।

२४ भाद्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको