कांग्रेस गंगादेव ३ को वडा सभापतिमा तीर्थराज ओली


भदौ २४, रोल्पा । नेपाली काङ्ग्रेसको १४ औ अधिवेशन अन्तर्गत रोल्पा जिल्लाको गंगादेव गाउपालिका ३ नम्बर वडाको अधिवेशन सम्पन्न भएको छ ।

बुधबार सम्पन्न अधिवेशनबाट वडा सभापतिमा तीर्थराज ओली चयन भएका छन् । उपसभापतिमा मोहनलाल ओली, खकेन्द्र बहादुर केसी, सचिवमा पशुपति केसी, चुडामणी डाँगी, सह सचिवमा सोभाराम केसी, निर्मल ओली सहित २१ सदस्यहरु निर्विरोध चयन भएका छन।

त्यस्तै क्षेत्रीय प्रतिनिधिमा प्रेम बहादुर डाँगी, कुल बहादुर केसी, दिनेश बहादुर डाँगी, दिपेन्द्र बहादुर डाँगी, पाण्डव केसी, पूर्ण बहादुर केसी, चयन भएका छन ।

महिलातर्फ पवित्रा ओली, अमृता केसी, ईश्वरी खत्री, समावेशीमा खस आर्य महिलाबाट गीता ओली, भीमा केसी, पुरूषबाट इन्द्र बहादुर खत्री, मस्त बहादुर डाँगी, आदिवासी जनजातीबाट नारायण बुढा, दलितबाट पोखर राज बिक र अपाङ्गबाट नोखी कुमारी खत्री क्षेत्रीय प्रतिनिधि चयन भएको निर्वाचन अधिकृत कमल प्रकाश हमालले जानकारी दिए ।

२४ भाद्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको