मगर संसार द्धारा बागलुङका अनाथ बालबालिकालाई छात्रबृति प्रदान


मगर संसार फोटो ग्यालेरी ग्रुपले एकै परिवारका ३ जना अनाथ बालबालिकालाई छात्रबृति प्रदान गरेको छ । बाग्लुङ जिल्ला निसीखोला गाउँपालिका वडा नं. ५ निसी स्थित एकै घरपरिवारका ३ जना अनाथ बालिबालिकालाई छात्राबृति प्रदान गरिएको हो । यो मगर संसारको ८१ औं सहयोग हो ।

मगर संसारको चौथो बार्षिक उत्सवका अवसर पारेर शैक्षिक सामाग्री, खाद्यान्न, स्कुल ब्याग, लत्ताकपडा तथा बचेको २५ सय रकम उक्त बालबालिकालाई ग्रुपका पुर्व एडमिन तथा पत्रकार कविता घर्तीमगरको हातबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो । विरामी आमा नरमता पुनमगर आगोमा परेर आर्थिक अभावले समयमै उपचार नपाउदा २ वर्ष अगाडी मृत्यु भएको थियो । लगत्तै गत साल बाबु विरमान पुनमगरको पनि एपेन्डिसाईटिस भएर मृत्यु भएर बच्चाहरु अभिवावक बिहिन भएका थिए ।

अभिभावक विहिन बनेका १४ बर्षका जेठा छोरा तुल बहादुर पु्नमगर, ६ बर्षका छोरी तुलमाया पुन मगर र ५ बर्षका थमन पुन मगर स्कुल पढ्न त टाढैको कुरा तत्कालै दैनिकी छाक टार्न समेत मुस्किल भैरहेको छ । मगर संसार फोटो ग्यालेरी पेजले छात्राबृत्ति स्वरुप प्रदान गरेको उक्त सहयोग रकमले केहिदिनको लागी भएपनि उनिहरुको मुहारमा छुट्टै खालको खुसि प्रदान गरेको छ ।

सामाजिक अभियन्ता अनिल लामिछाने मगरले विगत ४ बर्ष अगाडी स्थापना गरेको यस मगर संसारले चौथो बसन्त पार गरिसकेको छ । यस ग्रुपले मगर समुदायका कला र संस्कृतिलाई झल्काउने बिभिन्न कार्यक्रमहरु आयोजना गर्नुको साथसाथै अहिलेसम्म ८१ जना बिरामीलाई ७० लाख भन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरिसकेको छ । यो ग्रुपले विश्वभरी छरिएर रहेका मगरहरुलाई एकढिक्का बनाउन मात्रै नभएर मगर भाषा, कला संस्कृति, भेषभुषा आदीको पहिचान र उजागर गर्न निकै सिर्जनात्मक अभियानहरु सञ्चालन गरिरहेको छ । हालसम्म यो ग्रुपमा दुई लाख ५७ हजार जना मगरहरु आबद्द रहेका छन् ।

अनाथ वालवालिकाहरुलाई छात्रवृत्ति प्रदान कार्यक्रम बार्षिक उत्सब बैशाखमा राख्ने कुरा थियो तर कोरोनाले गर्दा अहिलेसम्म ढिलाई हुन पुगेको भन्दै मगर संसार ग्रुपका अध्यक्ष अनिल लामिछानेले दुखित हुँदै माफी माग्नु भएको छ ।

२४ भाद्र २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको