जेठ २६, काठमाडौं । बुधबार थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यस अवधिमा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएको हो।
त्यस्तै यस अवधिमा ५ हजार ७६८ जना कोरोनाबाट मुक्त भएका छन्। पछिल्लो २४ घण्टामा मृतक ८१ जनामा कोरोना पुष्टि भएको छ।
देशभर हालसम्म कोरोनाबाट ८ हजार १७९ जनाको मृत्यु भएको छ। देशभर ८० हजार ३३६ जना सक्रिय संक्रमित छन्। देशभर निको हुनेको दर ८५. २ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा बुधबार ९१५ जना संक्रमित थपिएका छन्। जसमा भक्तपुरमा ८५, ललितपुरमा १५१ र काठमाडौं जिल्लामा ६७९ जना थपिएका छन्।
मन्त्रालयका अनुसार ४६ जिल्लामा ५–५ सयभन्दा धेरै संक्रमित छन्। संक्रमितमध्ये २१ देखि ५० वर्षको उमेर समूह उच्च रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस