जेठ २६, पोखरा । नेपाल कम्युनिस्ट पार्टी कास्कीद्वारा आज पोखरामा २६ सुकुम्बासी बस्तिका घर परीवारलाई राहत बितरण गरेको छ ।
पोखरा – ३३ देउराली बस्तिमा बसी खोलामा गिट्टि , बालुवा निकाली छाक टार्ने गरेका तर अहिले लकडाउनका कारण काम गर्नबाट बन्चित भएका समस्यामा परेका मजदुरहरुलाई राहत स्वरुप दाल, चामल, नुन , तेल , साबन , माक्स जस्ता अत्यावश्यक खाध्य बस्तुहरु सहित बितरण गरेको हो ।
सरकारले कोभिड को नयाँ भेरीयन्टको उच्च सतर्कता का लागी सुरक्षाको ख्याल राख्दै चेन ब्रेक गर्न लगाएको लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरु माथि परेको समस्यालाई केही हद सम्म भनेपनि राहत हुने भन्दै आफुहरु राहत बितरणमा लागीरहेको नेकपा कास्की जिल्लाले बताएको छ ।
आँफुहरुले आज सम्म सय भन्दा बढि घर परीवारलाई राहत बितरण गरीसकेको जिल्ला सेक्रेटरी गोकुल पराजुली पोस्टपाटी लाई बताउनु भयो ।
यस्तै नेकपा कास्कीले स्थानिय सरकारलाई बारम्बार उदृत गर्दा पनि नागरीकको सामान्य ख्याल समेत नगरी वेवस्था गरेको हुँदा आफुहरुले समस्यामा परेका जनताहरुलाई राहत दिईरहेको पनि उहाँले बताउनु भएको छ ।
यस्तै समस्यारत किसान, मजदुर, , सुकुम्बासीहरुलाई आफुहरुले निरन्तर राहत बितरणको काम गर्ने बताउँदै उहाँले अब सुकुम्बासी र समस्यारत दृस्टीबिहिन परीवारलाई पनि बितरण गरीने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस