बार्षिक उत्सबको अवसरमा आयोजित टिकटक प्रतियोगितामा बिजेता बनिन् पोखराकी इन्जु मगर


“भेषभूषा, भाषा, धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ, विश्व भरिका मगरलाई एकजुट गराऔं” भन्ने उद्देश्यले खोलीएको मगर संसार फोटो ग्यालरीले आफ्नो वार्षिकोत्सव अबशरमा आयोजना गरेको अवसरमा आयोजित खुल्ला १२ बर्ष माथिका पुरूष/महिला टिकटक भिडियो प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा पोखराकी इन्जु मगर विजय भएकी छिन् ।

प्रतियोगितामा पोखराकी इन्जु मगरले ३ हजार ६६ लाइक ल्याएर प्रतियोगितामा प्रथम भएकी हुन् । उनले पुरस्कार स्वरूप रू.२००० सहित सम्मान पत्र प्राप्त गरेकी छिन् । त्यसै गरी रुपन्देही जिल्ला बुटवलकी जानकी थापा मगर २ हजार ९ सय ८२ मत पाएर दोस्रो भएकी हुन् । उनले १५०० र सम्मान पत्र प्राप्त गरेकी छिन् । त्यसै गरी रोल्पा थबाङ हाल घोराही, दाङ बस्ने माया स्मृति पुन मगरले १९३४ मतको साथ तेस्रो स्थान भएकी छिन् । उनले १००० रुपैंया सहित सम्मान पत्र हात पारेकी छिन् । सिन्धुपाल्चोक इन्द्रवती २ का राजेन्द्र राना मगरले १८६५मत को साथ सान्त्वना मैं चित्त बुझाउनु परेकोछ । उनले ५०० रुपैंया र सम्मान पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिता बैशाख २२ गते सुरु भई बैशाख २५ गतेसम्म संचालन भएको थियो । नतिजा फेसबुक लाइकको आधारमा नतिजा सार्बजनिक गरिएको हो । देश बिदेशबाट जम्मा ९७ जनाले सहभागी जनाएको संयोजक अनिल लामिछानेले जानकारी बताए हामीलाई ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर र प्रकाश मगर हुनुहुन्छ ।

२६ बैशाख २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको