देशभर कहाँ-कहाँ हुन्छ भारी बर्षा ? (तीन दिनको पूर्वानुमानसहित)

फाइल तस्बीर

भदौ २३, काठमाडौँ । आज राति काठमाडौँ उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ ।

न्यून चापीय प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ ।

महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ भाद्र २३ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

२०७८ भाद्र २४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना को सम्भावना रहेकोले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

 

२३ भाद्र २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको