राजेन्द्र महतोको बहुराष्ट्रियता प्रम ओलीको लागी नयाँ अध्याय


– कुमारसेन क्षेत्री
यतिबेला मुलुक इतिहासकै गम्भिर चुनौतीपूर्ण मोडमा आएको छ । एकाथरीले आज विश्वव्यापी रुपमा रहेको कोरोना भाइरस ‘कोभिड१९’ को महामारीको तेर्सो लहरबाट आक्रान्त छ।यसले विश्वकै मानव जिवन देखि लिएर राजनीतिक,सामाजिक, आर्थिक, सास्कृतिक र शैक्षिक क्षेत्रमासमेत प्रतिकुल परिस्थितिलाई खडा गरिदिएको छ । कोरोना महामारीको नाममा हाम्रो मुलुकका उच्च अहोदाका मुल नेतृत्व नै देशको आर्थिक ढुकुटी र केहि मित्र राष्ट्रले गरेको सहयोगमा लुटको खेति बर्साउन हात धोएर लागेका छन् ।

अर्कोथरी केपि ओलिको गैरजिम्मेवारी राजनीतिले नेपालको राजनीतिक क्षेत्रमा नैरास्यता र निरिहताको उथलपुथलतालाई खडा गरेको छ। पछिल्लो नेपाली राजनितिमा देखा परेको गम्भीर बिचलनता, अन्तरविरोध र एकले अर्काप्रति गरेको बिरोध,आलोचना र आरोप प्रत्यारोपले देशको समग्र राजनीतिलाई फोहोरी खेलको उपमा दिलाएको छ।जनतामा राजनीतिप्रति एकरथि विश्वास पनि रहन पुगेको छैन्।उनिहरुको कुरुप राजनितिले आम नेपाली जनतामा नैरास्यता र दिक्दारीताको आभास उत्पन्न भएको छ।

केहि सिमित सुण्डमुण्डहरुले निजित्वको लागी देशलाई कौडिको मुल्यमा सौदाबाजी गर्न अहोरात्र कसरतमा जुटेका छन्। यस्तै केपि ओलिले तिन बर्षमै १८/१८ पटक मन्त्री परिषद गठन गर्ने अनि भङ्ग गर्ने कार्यलाई दुस्साहसपूर्ण ढंगले आत्मसाथ गर्दै आएको छन्।

अस्ति मात्रै गरेको नयाँ मन्त्री परिषदले झनै देशको भावि इहिहासलाई खतरामा फाल्ने कुरा तितो यथार्थ रुपमा चित्रण गर्न सकिन्छ।कुनै बेला जसपालाई भारतिय दलालहरुको समुह र राजेन्द्र महतोलाई भारतीय दलाल भनेर उपहास गर्न नथाक्ने केपि ओलि र माओवादी आज महतोले उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीको पदभार ग्रहण गर्नेबित्तिकै उनको रक्षाकवच ढाल बन्न पुगेका छन्। सत्तारोहणको कुर्सि प्राप्त गर्न ७२ को संविधान नमान्ने र संविधान नै जलाएर सडकमा मुर्मुरिएर सत्तोसराप गर्ने तिनै कृते महतोलाई उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीमा नियुक्त गर्नु भनेको अोलिले इहिहासको भद्दा मजाक उडाउनु शिवाय अरु हुन सक्दैन्।हिजो आफैंले भारतीय गुप्तचर वा दलालको उपमा दिनु र आज तिनै गौण पात्रलाई उपप्रधानमन्त्रीमा नियुक्त गर्नु केपि ओलिको फोहोरी राजनीतिको उदाहरण हो।

उता राजेन्द्र महतो आफुले उपप्रधानमन्त्रीको सपथ लिएर पदभार ग्रहण गर्न बित्तिकै बर्गिय मुक्तिको उपमा दिएर नेपाललाई बहुराष्ट्रियता मुलक बनाउने कुरालाई निकै स्थान दिदै आएका छन्।उनले यसअघि पनि नेपाल एकल राष्ट्रियता हुन सक्दैन् भनेर चिडचिडाहट गर्दै आएका थिए।देशलाई कित्ता कित्तामा विभाजित गरेर टुक्रयाउने दुस्साहसमा महतो अग्र पंक्तिमा रहेर बहुराष्ट्रियताको आवाज उठाउन गर्दै छन्।

के हो बहुराष्ट्रियता ?
– समान्य अर्थमा एउटै मुलुकभित्र धेरै वटा राष्ट्रियताको कल्पना गर्नु बहुराष्ट्रियता हो।यो बहुराष्ट्रियता कायम भएको देशमा बढि प्रचलित छ। यसैपनि हाम्रो देश विदेशिहरुको अखडाको केन्द्र बनिसकेको छ।त्यसैमा बहुराष्ट्रियता कायम गर्यौ भने नेपाल र नेपाली रहनुको कुनै औचित्य रहने छैन्।यसले नेपालीलाई विलोपण गर्न चाहन्छ। बहुराष्ट्रियताले नेपालको अस्तित्व नामेट गर्न आइतवार कुरेर बस्दैन्‌। हाम्रो जस्तो एक भुपरिवेष्ठित, विकासोन्मुख, अल्पसंख्यक र पिछडा राज्यको लागी बहुराष्ट्रियता फिजीकोतन्त्रको रुपमा लिन सकिन्छ।यसले नेपाललाई फिजीकरण तर्फ धकेल्छ।नेपालको राष्ट्रियतामा नेपाली हुन सक्दैन् भन्ने कुरा जसपा र भारतीय शक्तिकेन्द्रका कठपुतली महतोले बारम्बार संकेत दिइसकेका छन्। कुनैपनि देशको प्रमुख मापदण्ड भनेको राष्ट्रियता हो। राष्ट्रियताको खिलाफमा गएर बहुराष्ट्रियता कायम गर्नु नेपाल र नेपाली जनताको लागी अक्षम्य हुने छ।

राष्ट्रियता भनेको के हो?
– जनता सरकार वा सार्वभौमसत्ता मुलुकलाई राष्ट्रियता भनिन्छ । राष्ट्रप्रतिको भावना आस्था वा राष्ट्रहितोन्नतिको विचार र राष्ट्रप्रतिको अहोभाव नै राष्ट्रियता हो। अर्को अर्थमा भन्ने हो भने-राष्ट्र भित्रका अनेकौ थरीका भाषाभाषी, जातजाति, जनजाति,कला, साहित्य र भेषभूषाहरुको अपनत्वको भावना पनि राष्ट्रियता नै हो। एकल राष्ट्रियता नै हरेक राष्ट्र र त्यहाँका जनताको लागि महत्वपूर्ण कुरा हो। राष्ट्रियताको खिलाफमा जाने देशका प्रमुख दुश्मन वा राष्ट्रघाती विदेशी शक्तिकेन्द्रका रवैया हुन्।

यतिसम्म हुँदा पनि देशको सार्वभौमिकताको खिलाफमा उत्रिन पछि नहिच्किचाउने विदेशिका कातर गुलामहरुलाई देशको सर्वोच्च स्थानमा लिनु केपि अोलिले आम नेपाली जनतालाई आफ्नो पैतलामा कुल्चिनु सरह नै हो। बाँदरलाई बाख्राको ग्वाला र प्रम ओलीलाई देशको लिडरसिपना लिनु उस्ता उस्तै ठहर्छ।उनले देश र जनताको हितमा हुने काम कार्य र योजना कहिल्यै गर्न सकेनन्। जे-जति गरे सबै आफ्नो निजित्वको लागी भने कस्सिएर देशलाई भ्रष्टिकरण गरे।आखिर!आम नेपाली जनताले विकास र शान्ति स्थायित्वको व्यग्र प्रतीक्षामा रहनु मात्र पर्ने भयो।

ज्यान मार्ने उद्दतमा १४ वर्ष जेल बसेर व्यक्ति हत्यालाई झापा विद्रोहको कथित नाम दिएर एमाले छिरेका अोलिबाट आजसम्म नेपाली राजनीति र आम नेपाली जनताले निकै घाटा र दुघर्टना बेहोर्नु परेको छ। महाकाली सन्धी सम्झौता विरोधी मदन आश्रितको खिलाफ गएर केहि प्यादाहरुको इस्तेमालमा मदन आश्रितको हत्या भयो। महाकाली, अप्रकर्णाली,जिएमआर, माथिल्लो तामाकोशी लगायतका राष्ट्रघाती सम्झौतामा उनको कृते हस्ताक्षर छ।

नागरिकता विधेयक पास गरेर भारतीय भान्जा जन्माउने योजनामा विदेशी शक्ति प्रतिक्रियावादीहरुका असली हकदर र महतोको अग्र भुमिका रहेको यहाँबाट सहजै अनुमान गर्न सकिन्छ। भारतीयलाई नागरिकता दिने अध्याय,२०७७ कार्तिक ५ गते भारतीय गुप्तचर वा रअ प्रमुख सामन्त गोयल र ओलिबिच बालुवाटारमा मध्यरातमा राष्ट्रघाति ४ बुदे सहमति हुनु, राष्ट्रघाती सम्झौता पास गरेर देशलाई फिजिकोतन्त्रमा धकेल्नु जस्ता कार्य प्रतिक्रियावादी ओलिका ताजा उदाहरण हुन्।

ओलीका हरेक राष्ट्र र जनताप्रति अनुत्तरदायी कदमहरुमा कानमा तेल हालेर आँखा चिम्म गरेर ओलीकै पक्षपोषण गर्ने रवैयाहरु नियोजित छन्। कम्युनिष्टको नाममा केपी ओली भनेका जनतामा झुटको खेती बजार्ने बुख्याँचावादी र गोयबल्स हुन्। माथिल्लो कमिटि देखि तल्लो कमिटिसम्म भ्रष्टाचार, दलाली, लुटपाट र चिल्ला भ्रमहरुलाई संस्थागत गर्न ओलि हिजोदेखि नै धारा प्रवाहका साथ लागी परेका छन् । देश र जनताको न्यायोचित आश भरोसा र विश्वासको केन्द्र देशको स्वतन्त्र न्यायलयसमेतलाई उनले विकाउ कुकुर वा बजारको लजेस्टिक सामान जस्तै बनाए।जोसँग पैसा पावर छ उसैको लागि न्यायलयले काम गर्छ जो विपन्न छ वा जोसँग पैसा,पावर पहुच र पहिचान छैन उसका लागि प्रतिक्षालय मात्र बन्यो। नागरिकता जस्तो प्रधान बिषयलाई आफ्नो मनोगतवादी चिन्तनमा हराएर भारतीय विधेयक पारित गर्नु देशलाई छिट्टै फिजिको लाइसेन्स प्राप्त गर्नु हो । ओलि मानसिकताका मनगढन्तेहरु आफ्नो निजित्वको स्वार्थपुर्ण कुरुपताको भावनामा बहेर देशलाई कौडिको मुल्यमा सौदाबाजी गर्न भरपुर जोडतोडले लागिपरेका छन्।हजारबाट करोडपति बन्ने एकल स्वार्थवादी चिन्तनमा मग्न भएर उनिहरुमा लुट,दलाली र भ्रष्टीकरणको होडबाजी चलेको छ।

मैत्रीपुर्ण जनभावना र शान्ति स्थायित्वको बदला दिर्घ अशान्ति, जनविरोधको वातावरण स्थापित भयो।देशको स्वाभिमानता लिलाम गरेर लुटको पोखरीमा पौडि खेल्ने कसरतमा निकै उधुम छन्। जनता अझैपनि नारकीय जीवनबाट मुक्त हुन सकिरहेका छैनन्।

देशको प्रमुख व्यक्ति वा प्राइमिनिस्टर समुहका अन्य सदस्य भन्दा दुरदर्शी, लक्ष्यभेदी , संयोजनकारी, गतिशिल, दुरगामी निर्णय लिन सक्ने,वा अग्रगामी भावनालाई व्यवहारगत: लागु गरेर कार्यगतमा जोड दिन सक्ने हुनुपर्छ।सर्वहारा वर्गको अधिनायकत्व, समयसापेक्षित निर्णय लिन सक्ने शसक्त दृढ इच्छाशक्ति सहितको हुनुपर्छ।त्यसैलाई नेता मानिन्छ। अर्को अर्थमा नेता भनेको समधानको अर्को उपनाम हो ।

अपसोच यहाँ त्यो प्रवृत्ति आचरण राजनिक मर्यादा ओलिमा कदाचित भेटिदैन्।बरु त्यसको ठिक विपरित कार्यमा भने उनि डिग्री पास गर्न पनि पछाडि छैनन् । आफ्नो सिमित स्वार्थ परिपुर्तिमा उनि अब्बल दर्जाका रुपमा स्थापित छन्।आफ्नो निजि आधार सुदृढ बनाउन उनि विदेशी शक्तिकेन्द्रको अगाडि आज्ञाकारी छन्।जनताको जनाधारमा कुनै चेस्टा र हेक्का नराख्ने उनिहरु कसरी जनता र समग्र मुलुकको हितकारी कार्यमा उत्तिर्ण हुन्छन् त?जनतामा कोरोना महामारी र अन्य थुप्रै पक्ष र विषयको नाममा आर्थिक आतङ्कको भार मच्चाएर उल्टै जनतामा अन्याय र अत्याचारको ब्रज प्रहार गर्नमा अभिषप्त छन्। आफ्नो पुँजिवादी अनुकुलता र निजित्वको लागी देशलाई निकै भयावहित संकटको दुर्घटना तिर धकेल्न कस्सिएर लागी परेका छन्।आज देश र समग्र नेपाली जनताले यस्ता अतातयीपुर्ण समस्याहरुको झालभेल र झमेलामा पर्नुको मुख्य कडि भनेकै देशको प्राइमिनिस्टर वा माथिल्लो स्तरका नेतृत्व भनाउँदाहरु देखिएको बैमान्यसता र निजित्वको कुरुप भावनाले हो।

अर्को अर्थमा देशले विकास र उन्नतिको मार्ग चित्र कोर्न सक्ने सम्भावना हुँदाहुँदै पनि यो सत्ताको बागडोर सम्हालेका ओलिमा नै सामुहिकताको आत्मगत क्षमता र शक्तिको नाजुकता हुनु हो।बरु यसको खिलाफ एकल स्वार्थलाई परिपुर्ण गर्नतिर भरपुर जोडतोडले जुटेका छन्।उसो त ओलीले आफु संघिय निर्वाचनपछि प्रधानमन्त्री हुने वित्तिकै आफ्नो पार्टी वामपन्थी धार र कम्युनिष्ट धार दुवै नहुने घोषणा समेत उनले गरेका थिए।उनले आफु र आफ्नो सत्ता बिरोधीलाई निमिट्यान्न पार्न चाहन्छन् ।

ओली वर्तमान विश्वको साम्राज्यवादी योजना मुताविक देश र जनतालाई विनाशकारी वा क्षतविक्षतको दलदलमा धकेल्नतिर उद्दत छन्।राजेन्द्र महतो पनि यसैका किर्ण हुन्।महतो वर्गिय मुक्तिको उपमा दिएर वा भिल्ला भिराएर बहु राष्ट्रियताको जुन कुतर्क गरिरहेका छन् त्यसमा साम्राज्यवादी, प्रतिक्रियावादी वा विदेशी एजेन्टहरुको अतिशय मोह शास्वत छ। राजेन्द्र महतो ओली भन्दा एक स्टेप अघि रहेका विदेशी शक्तिकेन्द्रका भरपर्दा ब्याट्सम्यान जस्तै कुख्यात पात्र हुन्।उनले मधेस क्षेत्रलाई सिक्किमीकरण गर्न चाहन्छन्।भारतले नेपाललाई हरेक क्षेत्रबाट पछ्याउँन चाहन्छ।नेपाललाई आफुभन्दा एक स्टेप अघि गएसमेत उसलाई अक्षम्य ठहर्छ।उसले नेपाललाई आफ्नो मुठ्ठीमा कैद गरेर खेलौना बनाएर नचाउन चाहन्छ ।

भारत र अन्य विस्तारवादी, साम्राज्यवादी र एकाधिकारवादी शक्ति केन्द्रका लागी नेपालमा वैज्ञानिक समाजवादी सत्ता स्थापना हुनु उजाड मरु भुमिमा उटको जिबन जस्तै उनिहरुको जिवनशैली हुने भएकाले पनि उनि नेपालमा सच्चा कम्युनिष्ट पार्टी र निति पद्धति स्थापित भएको देख्न चाहँदैनन्।त्यसैले उनि नेपालको पुरानो भाष्यलाई नै बढि प्राथमिकता दिने गर्दछन्।यो कुरा दलाल प्रतिक्रियावादी विदेशी शक्तिकेन्द्रका अंसियार केपि ,महतोलाई अवगत नभएको भने होइन्।उनिहरु आफ्नो स्थान र वर्चस्वलाई अकम्पित राख्न यो सब गर्दै आईरहेको छन्।उनिहरु आफ्नो एकल स्वार्थवादी वर्चस्वलाई अकम्पित गरेर देश र जनतामा अखच परिस्थिति निम्त्याउन एकरथि पाइला पछाडि छैनन्।

नेपाल र नेपाली जनताको हितोन्नति र उत्तरदायी सुधारात्मक आन्दोलन र योजनालाई नामेट पार्न ओली महतो लगायतका अन्य विदेशी शक्तिकेन्द्रका कठपुतलीहरु वा बुख्याँचावादी र षड्यन्त्रकारीहरु उच्च जातिय हिन्दु अहंकारवादी,वैचारिकीहरुलाई पुर्न जिवन दिलाउन भरपुर ढंगले सक्रिय छन्।बाहिर जनमानसमा देश र जनताप्रति उत्तरदायी र चिल्ला गमिला कुराहरुको झुटो प्रचारवाजी गरेर आन्तरिक रुपमा उनिहरु विदेशिको इशारा र आडमा चलायमान छन्।’सुखि नेपाली समृद्ध नेपाल’ ‘दिगो शान्ति सुन्य भ्रष्टाचार’ ‘गाउँ गाउँमा सिंहदरवार’जस्ता काल्पनिक नारा र समावेशीताको कुराहरु ओलीका पदभोग गर्ने भर्याङ मात्र हुन्।

ओलीमा सत्ता र पदको निकै अहम्बाज छ।उनले हिजोदेखि नै आफुलाई अरुभन्दा हरेक क्षेत्र वा विषयवस्तुबाट तुलनात्मक रूपमा बलियो र अड्किलो ठान्दै आएका छन्।त्यसको मुल कारक भनेको उनिहरुमा आफ्नो नवउदारवादी बाटोबारे कुनै हिचकिचाहट र मतलब छैन्।क. मदनको जबजको निति नियम र मान्यताप्रति ओली अप्रतिबद्व छन्।हिजोको कम्युनिष्ट धरोहर हरुको उत्तराधिकारीप्रति पनि कुनै चाँसो छैन।अझ भन्नुपर्दा उनमा न त समाजवादी विचार सिद्धान्त नै छ।बरु नवउदारवादी, प्रतिक्रियावादी र साम्राज्यवादीहरुले दिएको अवसर हात पार्ने कवाजमा भनिनसक्दो गरी क्रियाशील छन् ।

विदेशी शक्तिको उक्साहटमा गएर मुलुक र जनताप्रति सेवामुखी कार्य योजनाहरुलाई लत्याएर टोकरीमा लगेर फोहोरको डङ्गुरमा मिल्काउन अोली महतोहरु कसरतमा उहिलेदेखि नै छन्। उनिहरुको यस्तै जनताको जनभावना विपरित र राष्ट्रियता बिरोधि गतिविधिले यहाँ सिमित शासकहरुका अनुहार बदलिए, पारिवारिक जिवनशैली सामान्य बाट रवाफिलो कुलिन वर्गमा रुपान्तरित हुन पुग्यो र शासकिय स्वरुप मात्र फेरिएको आभास आम जनमानसमा भयो।

ओलीले प्रचण्डजिहरुसँग अनुनयविनय गरेर दुईतिहाइ बहुमत प्राप्त सरकार गठन गरेर पनि देश र जनताको हितमा उभो हुने काम कहिल्यै गर्न सकेनन्।बरु आफ्नो एकल वर्चस्व र कुर्सि बचाउने खेलमा रुमल्लिएर जनतालाई सहि सक्दो गरी वैदेशिक ऋणको भार माथि अझ गह्रौं भार थुपार्न हात धोएर लागिरहे।जसले गर्दा दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको जनभावना र मन जित्न कदाचित सफल हुन सकेन्। नेतृत्वको कुरुप निजित्वको स्वार्थपुर्ण भावनाले जनतामा चर्को निरिहता निम्त्यायो।झापा आन्दोलनको रक्ताम्य जमिनमा बुर्कुसी मारेर सत्तारोहण गरेका ओली सहिदको ज्युँदो सपनाहरुको धज्जी उडाउँदै सहितको बलिदानीबाट प्राप्त उपलब्धिहरु माथि रजाइ गर्दै सहिदको सपना र विरासतलाई कौडिमा सौताबाजी गर्न अझै पछि छैनन्।

क. मदनले एकठाउँमा त भन्नुभएको थियो-‘सामन्तिहरुको अवशेष रह्यो भने एक राजा फेर्दैमा केहि फरक पर्दैन’ विडम्बना तिनै सामन्तवादी आन्दोलनका नाइके ओली आज नवसामन्तवाद सुप्रिमोमा परिणत हुन पुगेका छन्।उनि र उनले नियुक्त गरेका हालैका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महतो साम्राज्यवादी शक्ति केन्द्रका बफादार गुलाम बन्न अविराम छन् । आफ्नो जनविरोधी अहंकार सिद्ध गर्न जनता र मुलुकलाई चुनौतिपूर्ण मोडमा लगेर दुर्घटना गराउँन उनिहरु अभिषप्त छन् ।

केहि युरोपियन युनियन,दलाल प्रतिक्रियावादी, नवउदारवादी र दक्षिणपन्थी/ पश्चिमाहरुका उग्रवादीहरु नेपालको सार्वभौमिकता,भौगोलिकता र प्राकृतिक / एेतिहासिक साधन स्रोतमाथि गिद्धे दृष्टि लगाएर अनाहक बहाना र लाञ्छना लगाएर नेपाललाई आफ्नो मुठ्ठीमा केन्द्रिकृत गर्न खोज्दैछन्।तिनैका असली पात्र ओली महतोजस्ता अन्य व्यक्तिवादी प्रवृत्तिका हुतिहाराहरुले आज देशको सार्वभौमिकतामाथि नराम्रो दखल पुर्याएका छन्। जनताका आवश्यकताहरु र विकासको नाममा अतुक करछली गरेर राज्यलाई टाट पल्टाएर आफ्नोवादलाई हावि गराउदै छन्। देशप्रति बफादार बन्नु उनिहरुका लागी काउकुती हुदोरहेछ। शाब्दिक अर्थमा राजनिति भनेको आमुल परिवर्तनको महत्वपूर्ण अङ्ग हो।तर यहाँ यिनिहरुले राजनितिलाई व्यक्ति विशेष लगेर आफ्नो व्यक्तिगत प्रसानालिटिलाई लुटको उत्सर्गमा पुर्याउने भर्याङ बनाए।

तसर्थ,हिजो सडक आन्दोलनमा केपि बिरुद्ध नै हात धोएर लागी परेका महतोलाई प्रम ओलीले सरासर आफ्नो एकल मानसिकतामा गएर उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीमा नियुक्त गर्नु आफैंमा एक घोर लज्जाको विषय हो।हिजो एकअर्काप्रति बिरोध आलोचना र आरोप प्रत्यारोप लगाउन सतिसाल झै भएर नथाक्ने ओली महतो आज एक ठाउँमा आएर आपसमा हिस्का पसार्नु कहाँसम्मको निच लाजमर्दो विषय हो?आज उपप्रधानमन्त्रीको पद ग्रहण गर्न नपाउदै देशलाई टुक्रा टुक्रामा विभाजित गर्ने अभिव्यक्ति प्रम ओलीको कानमा नपुगेको भने होइन्।तर पनि किन मौन प्रम ओली? नागरिकता विधेयक पारित हुदा कहाँ कहिले बोले जसपाका नेता राजेन्द्र महतोले? यो सब कुराको बस्तुगत धरातलमा गएर हेर्दा यि दुवैमा बाहिर जति मतभेद भएपनि आन्तरिक रुपमा निकै साटगाठ चल्दै आएको तितो यथार्थ रुपमा आकलन गर्न सकिन्छ।यि दुबै विदेशी शक्तिकेन्द्रका असली कठपुतली हुन भन्नमा अब कुनै शंका उपशंका छैन्। त्यसैले महतोको बहुराष्ट्रियता ओलिका लागी सुनौलो अध्याय हो।अबेला नगरौ,अब यस्ता विदेशि शक्ति र रअका एजेण्टहरुलाई आम नेपाली जनताले चर्को बिरोध आलोचना गरेर हुन्छ या भौतिक हमला नै गर्नुपर्छ तर नेपाली राजनितिबाट नै बहिस्कृत गर्नुपर्छ।

यिनिहरुको संकिर्णताले भरिएको व्यक्तिवादी कमार्थ फोहोरी राजनीतिले जनतामा निकै सास्ती ल्याइदिएको छ।अरु त परै जाओस् हाल विश्वमा फैलिएको कोरोना भाइरस’कोभिड१९’ अव्यवस्थापनले पुँजिवादीहरु असफल सिद्ध भइसकेका छन्। नेपालको सन्दर्भमा पछिल्लो पटकको कोरोना कहरको तेर्सो लहरले दलाल संसदिय पुँजिवादी व्यवस्थाको नघ्न ऐतिहास र चरित्र प्रष्ट पारिदिएको छ।उसो त संसदीय व्यवस्था अकम्पित रहेसम्म आम नेपाली जनता र मुलुकले खुलेर शान्ति स्थायित्वको श्वास फेर्न पाउनेछैनन्।जबसम्म यो असफल संसदिय पुँजिवादी व्यवस्था रहन्छ तबसम्म यस्ता समस्या र कठिनाईहरु ज्युकात्यु रहेनछन्।अब हरेक सचेत, देशप्रेमी, जनप्रेमि, परिवर्तनकारी,सच्चा वामपन्थी/कम्युनिष्ट र प्रगतिशील शक्तिहरुले यसको विकल्प खोज्नैपर्छ।हामिले बुझेअनुसार यसको एकमात्र विकल्प वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हो। वैज्ञानिक समाजवादी सत्तामा मात्र यस्ता समस्याहरुको निर्विकल्प निराकरण गर्न सकिने हामिले देख्छौं। आउनुहोस् अब एकिकृत भएर वैज्ञानिक समाजवादी सत्ता प्राप्तिको बाटोमा अविराम क्रियाशील हौ।यो नै आजको परिवेश र ऐतिहासले मागेको नविन उपलब्धि हो ।

(लेखक युवा संगठन अछामका सचिव हुनुहुन्छ)

२५ जेष्ठ २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको