हात बाँधेर हुन्न, युवा अब जाग्नुपर्छ ।


बेद बोहरा,
युवा साथी हो, आजै अहिल्यैबाट राम्रो काम थाल्नु पर्छ, भोली भोली भन्दै जाँदा आधा उमेर गईसक्यो अहिल्यै देखि उज्जल भविष्य सुनिश्चिताको लागि लाग्नु पर्छ । तपाई युवाको भविष्य बन्यो पो देशको भविष्य बन्छ त । सबैले भन्ने कुरा एउटै हो, परिवर्तन सम्भव त्यहाँ हुन्छ जहाँ युवाको उपस्थिति हुन्छ । र सबैले मान्नेका कुरा, युवामा नयाँ जोस, जगाँर,नयाँ पनको सम्भवना हुने भएको हुदाँ युवा भन्ने वित्तिकै आँँधी, तुफानसंग जोडेको र तुलाना गरेको अधिक पाईन्छ ।

त्यसैले आजको आवश्यकता र समयको माग भनेको हामी प्रत्येक युवा जोसलाई सकारात्मक सोचमा परिर्वतन गरि सृजनात्मक खोज र आफुलाई उत्पादनमुखीमा रुपान्तरण गर्नु हो । युवाले जे सोच्छ, त्यो त उसको लागि महत्वपूर्ण हुन्छ नै त्यसको प्रभाव सिंगो परिवार, समाज, देश र विश्वलाई समेत प्रभाव परेको हुन्छ ।

जसरी युवा सोचले उसको मार्गदर्शन गर्छ भविष्यको गन्तव्य तिर लान्छ नै साथै समाज र देशको भविष्य पनि युवा विचारले नै तय गर्छ । विचारको परिवर्तनले अन्ततः उसको जीन्दगीलाई नै परिवर्तन गर्न सक्छ ।
आज हाम्रो देश नेपालको सकारात्मक रुपान्तरणको चाहाना राख्दै थुप्रै संघसंस्थाहरुले विभिन्न चलाएको प्रशस्तै देख्न पाईन्छ । सकारात्मक रुपान्तरण कति भयो ? हामी कति सकारात्मक हुन सक्यौें ? यो सोच्नु पर्ने विषय बनेको छ । मरेपछिको स्वर्ग र नर्कको परिकल्पना गर्नु भन्दा यो धर्तीमा रहुन्ञजेल प्रत्येक युवाले आफ्नो अमुल्य, मलमलमय जीवनलाई अलमलमा नराखीकन आफ्नो जीवनलाई सुन्दर बनाउने यात्रामा हिड्न सके देशको मुहार सुन्दर देखिन्छ ।

आज यो भएन त्यो भएन भन्ने बाहनाबाजी त्यागी जीवनलाई उत्पादनमुखी, सृजनामुखीको पथमा हिडन सके आफ्नो पहिचान बन्छ । जसरी महात्मा गौतम बुद्ध भन्ने वितिकै नेपाल, महात्मा गान्धि भन्ने वितिकै भारत, अब्राहम लिङ्कन भन्ने वितिकै अमेरिकाको नाम अगाडी आउँछ । चलेको चलन नै हो –व्यक्ति जस्तो भयो घर, परिवार, समाज, राष्ट्र र विश्व त्यस्तै हुन्छ ।

संसारमा जति पनि मानिस यस धर्तीमा जन्म लिन्छन ती व्यक्तिहरू आफ्नो सुखद बाल्यकाल र किशोरावस्था पार गरेर युवावस्थामा पुग्छन् । विगतको वाल्यावस्था, अनि भविष्यको बृद्वावस्थालाई सोच्दै योजना र तयारीका साथ अगाडि बढ्ने अवस्था वर्तमान हो ।

त्यसैले वर्तमानलाई प्रतिनिधित्व गर्ने युवा वर्गले आफुभन्दा अग्रजको अनुभवलाई ग्रहण गर्दै भावी पुस्ताको लागि योजना तयार गर्ने, अनि वर्तमानमा चौतर्फी विकास गर्नेतर्पछ लाग्नुपर्दछ । भविष्यको सम्भावना बोकेको, केही गर्ने जोश, जाँगर अनि इच्छाशक्ति भएको शक्ति युवा भएकोले यिनीहरूलाई वर्तमानका साझेदार, भविष्यका कर्णधार, देशको खम्बा, आधार स्तम्भ जस्ता उपनामले चिनिन्छन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाहरूको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलता लाई मान्न सकिन्छ । यस्तो जल्दाबल्दा युवाशक्तिको सही पहिचान हुन युवाहरूको क्षमताको सदुपयोग हुन र राष्ट्रले युवाको लागि सही कार्य्दिशा र नीति तर्जुमा गरी लागु गर्नुको साथै युवामा लागनी गर्न जरुरी छ ।

सदन्र्भ हाम्रो राष्ट र युवाको, कुनै पनि राज्यको मूल कडीका रूपमा त्यस देशका युवाहरू रहेका हुन्छन् । युवा जनशक्ति नै राष्ट्र विकास र निर्माणका मुख्य आधार हुन् । युवा उमेरले होइन, जोस, जाँगर र सृजनात्मक उत्साहले जन्मन्छ । युवा उन्नतिका नायक हुन उत्साहका परिचायक हुन राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । युवा परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् ।

करिब 80 लाख भन्दा वढि नेपाली विदेशमा रोजगारीका लागि गएका छन् । समग्रतामा भन्दा नेपाली युवा वर्ग वास्तवमा आफ्नो गन्तव्य पथ नपाएको भौतारिएको काग भएको वर्ग भएता पनि राष्ट्रिय विकासमा युवाहरुको अत्याधिक महत्वपूर्ण भुमिका रहेको छ । मुलुकका राजनैतिक परिवर्तनका निम्ती आन्दोलनका नेतृत्वमा योगदान, राज्यको विकासका आयोजनाहरुमा दक्ष, अर्धदक्ष वा अदक्ष कामदारको रुपमा, सुरक्षा निकायहरुमा संलग्नता र शान्ति सुरक्षा र सिमा रक्षामा युवा वर्गहरुकै योगदान रहेको छ ।

अर्थतन्त्र धान्न मुलुकमा कुल अर्थतन्त्रको २५ रेमित्यंसको रुपमा भित्रिने अर्थतन्त्रका ठुलो योगदान युवावर्गकै रहेको छ । देशको विकासमा युवा महत्वपुर्ण भुमिका भएता पनि राज्यले युवालाई सही मार्गदर्शन गर्न सकेको अवस्था छैन ।

राज्यले युवामा लगानी अबको पाइला अगाडी बढ्न जरुरी छ । प्राविधिक र व्यवहारिक शिक्षा, रोजगारीका अवसरहरू सृजना ,गरिबी न्यूनीकरणका, बैदेशिक रोजगारीलाई मर्या्दित, सुरक्षित र व्यवस्थित, समावेशीकरणको नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन, जनशक्तिको माग अनुसार युवाहरूलाई शिक्षा, स्वरोजागर सृजना, युवामा भएका सिप, ज्ञान र दक्षताको उचित व्यवस्थापन र युवाहरुको सोचलाई प्रवद्र्धनात्मक, यौनजन्य रोगको संक्रमण रोक्ने उपायबारे जानकारीमूलक शिक्षा दिई युवाको सम्मान गर्नु राज्यको दायित्व पनि हो ।

युवाहरु पनि राज्य प्रतिको नागरिक कर्तव्य र भुमिकालाई आत्मसात गर्दै अगाडी बढन जरुरी छ, । र महत्वपुर्ण सवाल समाजमा व्याप्त कुरुती, कुसंस्कार, कुप्रथा, दैनिक जसो यहाँ घटिरहेको महिला बालबालिकामा काहलीलाग्दो बलात्कारको घटना विरुद्ध आवाज उठाउन एक हुन पर्छ युवा र पिडितलाई न्यायको लागि राज्यलाई जावाफदेहि बनाउन आजको प्रमुख आवश्यकता रहेको छ युवा साथी हो । त्यसैले हात बाँधेर हुन्न अब जाग्नुपर्छ युवा । साथै सुचना प्रविधी आजको अपरिहर्यता त्यससँग जोडिएको सामाजिक सञ्जाल फेसबुक,ट्वाटर जस्ताको सदुपयोगको लागि सजकता अप्नाउनु पर्छ युवा । समयको पुकार प्रत्येक युवाको मन मनमा सकारात्मकता र आफ्नो जीवनप्रति कृतज्ञताका साथ म को हु ? यो संसारमा किन आँए ? मेरो कर्तव्य के हो ? मेरो जीवनले कसैलाई बास्ना छरिरहेको छ या गन्ध ? फूल बनेको छ या काँडा ? यी प्रश्नहरुको उत्तर खोज्नु हामी युवाहरुको पहिलो जिम्मेवारी हुनुपर्छ ।

(लेखक नेपाली जनप्रगतिशिल मध्यपुर्ब मोर्चा संयोजक हुनुहुन्छ)

२५ जेष्ठ २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको