जेठ २५, पोखरा । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कास्की द्वारा आज पोखरामा करीब ६० घरधुरी मजदुरहरुलाई राहत बितरण गरेको छ ।
ट्रेड युनियन कास्की, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) , दलित मुत्तिमोर्चा नेपाल कास्कीको संयुक्त सहकार्यमा कोभिडका कारण समस्यामा परी पोखरामा मजदुरी गर्दै आईरहेका लामो दुरी यातायातमा काम गर्ने मजदुर, ट्याक्सि चालक, होटल मजदुर लगायत बिभिन्न फिल्डमा काम गर्ने समस्यामा परेका मजदुरहरुलाई राहत स्वरुप दाल, चामल, नुन , तेल जस्ता अत्यावश्यक खाध्य बस्तुहरु सहित पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीको उपस्तिथिमा बितरण गरेको हो ।
सरकारले कोभिड को नयाँ भेरीयन्टको उच्च सतर्कता का लागी सुरक्षाको ख्याल राख्दै चेन ब्रेक गर्न लगाएको लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुरहरु माथि परेको समस्यालाई केही हद सम्म भनेपनि राहत हुने भन्दै आफुहरु राहत बितरणमा लागेको ट्रेड युनियन कास्कीका संयोजक लेखनाथ सापकोटाले जनाउनु भयो ।
यस्तै नेकपा कास्कीले स्थानिय सरकारलाई बारम्बार उदृत गर्दा पनि नागरीकको सामान्य ख्याल समेत नगरी वेवस्था गरेको हुँदा आफुहरुले समस्यामा परेका जनताहरुलाई राहत दिईरहेको नेकपा कास्की सेक्रेटरी गोकुल पराजुलीले बताउनु भएको छ ।
यस्तै समस्यारत किसान, मजदुर, , सुकुम्बासीहरुलाई आफुहरुले निरन्तर राहत बितरणको काम गर्ने बताउँदै उहाँले अब सुकुम्बासी र समस्यारत दृस्टीबिहिन परीवारलाई पनि बितरण गरीने बताउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस