माडी गाउँपालिकामा विप्लव नेकपाको प्रशिक्षण तथा बैठक सम्पन्न


चैत्र २६, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माडी गाउँकमिटी रोल्पाको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । उक्त प्रशिक्षण तथा बैठक बिहिबार सम्पन्न भएको हो ।

माडी गाउँकमिटीको सेक्रेटरी सुर्यको अध्यक्षता रहेको कार्यक्रमका प्रमुख अतिथि नेकपा रोल्पा जिल्ला इन्चार्ज दिनेश बिक्रम चन्द रहेका थिए भने विशिष्ट अतिथिमा निवर्तमान जिल्ला इन्चार्ज सन्तोष सुबेदी रहेका थिए । त्यसैगरी जिल्ला सेक्रेटरी शोभाराम राना अतिथि रहेका थिए ।

राजनैतिक प्रशिक्षण तथा बैठकमा अतिथिहरुद्वारा पार्टीको नयां नीति तथा कार्यक्रम बारे स्पस्ट पार्नुको साथै पार्टीका कार्यकर्ताहरुलाई एकीकृत जनदिशा अभियानमा जुट्न निर्देशन दिएका थिए ।

माडी गाउँ कमिटीमा दुई वटा ७/७जनाको एकीकृत जनदिशा अभियान टोलिको गठन गरिएको छ ।

प्रतिबन्ध फुकुवापछी विप्लव नेतृत्वको नेकपा रोल्पाले जिल्लाव्यापी राजनैतिक प्रशिक्षण तथा बैठकहरु सम्पन्न गरिरहेको छ । यस अघि विभिन्न गाउँपालिकाहरुमा प्रशिक्षण तथा बैठक सम्पन्न गरिसकेको छ ।

२६ चैत्र २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको