पुस २४, दाङ । दाङमा दुईओटा ठोक्किँदा आठ जना घाईते भएका छन् ।
तुलसीपुरबाट मजगाउँ जादै गरेको रा १ ह ३६५२ नम्वरको अटोले विपरित दिशाबाट आउदै गरेको रा १ ह २७३० नम्वरको अटोलाई तुलसीपुर १६ जहदागाउँ नजिकै शुक्रवार दिउँसो ठक्कर दिदा अटो दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा परि रा १ ह ३६५२ नम्वरको अटोमा सवार दंगीशरण गाउँपालिका वडा नम्वर ४ बस्ने ३० बर्षिया जिवनी केसी, सोहि वडाका १० बर्षिया गंगा केसी, २ बर्षिय विज्ञान केसी, तुलसीपुर १६ बस्ने ६० बर्षिया गौरी विक र अटो चालक रोसन वली घाईते भएका छन् ।
यस्तै रा १ ह २७३० नम्वर अटोमा सवार तुलसीपुर १२ जसपुरमा बस्ने धन बहादुर केसीकी छोरी १६ बर्षिया रितिसा केसी, सोहि ठाउँका २ बर्षका रितेस केसी,३८ बर्षिया रेखा केसी र घोराही १० नारायणपुर बस्ने ४१ वर्षका खिमा रावल घाईते भएका छन् ।
घाईते मध्ये अटो चालक बाहेक अन्यको राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ भने चालकको सिटि हस्पिटलमा उपचार भईरहेको तुलसीपुर प्रहरीले बताएको छ ।
मोटरसाइकललाई ठक्कर दिएपछि कुटपिट गरेर मोटरसाईकल चालक फरार
यस्तै दाङमा ठक्कर दिएलगत्तै कुटपिट गरेर मोटरसाईकल चालक भागेको बताइएको छ ।
तुलसीपुरको रौनियार मेडिकल नजिकै अनटेष्ट मोटरसाईकललाई ठक्कर दिएको रा५प ३५ नम्बरको मोटरसाईकल चालकले कुटपिट गरेर भागेको पिडित दगीशरण गाउँपालिका–१ बाँकी निबासी १८ बर्षका नारायण डाँगीले जानकारी दिए ।
घाइते भएका नारायण डाँगी र ३६ बर्षकी इन्द्रा डाँगीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । ठक्कर दिएर कुटपिट गर्ने मोटरसाईकल चालकको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस