थबाङ गाउँपालिकाद्धारा मिरुलमा न्यानो कपडा तथा खाद्यान्न वितरण


पुस २४, रोल्पा । थबाङ गाउँपालिका वडा-३ मिरुलको टुटुमा १० जना असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।

मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग, थबाङ गाउँपालिकाको आयोजनामा न्यानो कपडा र खाद्यान्न वितरण गरिएको वडा अध्यक्ष भिम बहादुर रोकाले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रामकिरणी रोका, मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको संयोजक सुनिता घर्ती, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिस समिती सदस्य हित बहादुर रोका, जुनसरी रोको, वडा सचीव चन्द्र ज्योति सुवेदी लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष रोकाले गाउँपालिकाले दिएको यो राहत धेरै ठूलो नभएपनि असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई थोरै भए पनि छुट्टाएको र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम फार्मत हामीले सहयोग गर्न पाउदा खुशी भएको बताइन् ।

उनले आगामी दिनमा पनि असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धा जनाइन् । हिजो मात्रै थबाङ गाउँपालिका वडा ४ र ५ उवाका २० जना असहाय, अशक्त, अपाङ्ग र गरीब परिवारलाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत प्रत्येक वडाबाट १० जनाका दरले ५० जनालाई प्रति व्यक्ति १ वटा फाइबर सिरक र २५ के.जी.को चामल वितरण हुने मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम संयोजक सुनिता घर्तीले जानकारी दिइन् ।

२४ पुष २०७७, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको