रोल्पामा सडक मर्मत गर्न गएको डोजर खोलामा खस्यो

तस्बिर: डोजर खसेको स्थान

भदौ २२, रोल्पा । रोल्पामा सडक मर्मत गर्न गएको डोजर सडक भासिएर खोलामा खसेको छ ।

सुनछहरी गाउँपालिकाको प्रदेश ०१-००३ क नम्बरको डोजर मंगलबार दिउँसो करिव २ बजेको समयमा सुनिल स्मृति गाउँपालिका -३ रुइनीवाङ नजिकै सडक भासिदा पल्टिएर लुन्ग्री खोलामा खसेको हो ।

सुलिचौर-जेलवाङ जोड्ने सडक सफा गरेर सुनछहरी गाउँपालिकातिर फर्किने क्रममा सडकबाट करिव ५०/६० मिटर तल खोलामा खसेको सुनछहरी गाउँपालिकाका प्रवक्ता अमरजित पुनमगरले जानकारी दिए ।

प्रक्ता पुनले भने- ‘पानी परिरहेका कारण डोजर रोकेर चालकले सिसा पुछ्ने क्रममा एक्कासि सडक भासिदा डोजर खसेको हामीले जानकारी पाएका छौ, डोजरमा रहेका चालक प्रकाश रोका र सहयोगीको रुपमा गएका रन बहादुर घर्ति हामफालेर जोगिएको जानकारी आएको छ, दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।’

खोला बढेको र धमिलो भएकाले डोजरको नाम निशाना पनि देखिएको छैन । खुन्ग्री खोलामा डोजरको पांग्रा र डोजरका केहि भाग टुक्राटुक्रामा खोलाले बगाएर ल्याएको देखिएको स्थानीयले जानकारी दिएको उनले बताए ।

२२ भाद्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको