असार २३, काठमाडौँ । पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन्।
माओवादी केन्द्रको वैधानिकता समाप्त भैसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन दिन थालेका हुन्।
उनीहरुले बुधबार दिउँसो साढे १२ बजे निर्वाचन आयोगमा निवेदन बुझाउन जाने तयारी गरेका छन्। माओवादी केन्द्रको सातौँ महाधिवेशन २०६९ साल माघमा भएको थियो।
राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ। ६ महिना म्याद थप्न मिल्ने प्रावधान बमाेजिम पनि ७५ असार भित्रै भैसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरुले आयोगमा निवेदन दिन थालेका हुन्।
माओवादी त्यागेर एमाले बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभू शाह लगायतले यसको नेतृत्व गरेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस