टिपि जाने फूलहरु
चुडी जाने कोपिलाहरु
ओइलाइ जाने पातहरु
र झर्ने फूलहरु
स्वयम् पस्किरहेका छन्
फुलेर त झर्नुपर्यो
फलेर त खस्नुपर्यो
जन्मेर त मर्नुपर्यो
जीवनीको अन्तिम रुप
प्रकृति स्वयम् इमान्दार
आफ्नो परिचय पस्कन्छ
वशन्तमा फूल फुलाइदिन्छ
वर्षादमा आहा हरियाली
जताततै भरिदिन्छ
उनले सिर्जना गरेका
फूलहरु नक्कली छैनन्
उनले भरेका रसहरु
नक्कली हैनन
इमान्दार प्रकृति
शाश्वत सत्य जीवन र मृत्यु
यहि दोसाधमा बहन्छ
जीवनरुपि नाउ
कति धेरै चुनौतीहरु
देखिदो हर ठाउँ
अनि कल्पिन्छ मन
कहिले जुनसंग
अनि टोलाउछ मन
कहिले ताराहरुसंग
वित्छन दिन अनि
आउँछ घर पछिको अर्को घर
सदा विसर्जन हुने चिहान घर
घाटमा निभ्ने जीवनरुपी चोला
कति धेरै रहर आखिर किन होला ?
प्रतिक्रिया दिनुहोस