पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ७० औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । स्याङजा जिल्ला चापाकोट, ५ सेखामका क्यान्सर पीड़ित निलकण्ड थापा मगरलाई दश हजार दश रुपैंया सहयोग हस्तान्तरण गरेको हो । राना लामै समयदेखि क्यान्सर रोगसँग लडिरहेका थिए । वैशाख १० गते पर्न गएको जन्मोत्सवको अबसर पारेर मगर संसारले १० जना बिरामीलाई सहयोगको घोषणा गरेको थियो । घोषणा अनुसार हालसम्म ६ जना बिरामीहरुलाई सहयोग गरिसकेको छ भने बाँकी ४ ठाँउमा लकडाउन खुकुलिने बित्तिकै सहयोग गरिने मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले बताउनु भएको छ ।
अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गर्नुभएको छ ।
मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, अजिशा मगर र प्रदीप घर्ती मगर हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस