दाङमा ‘अटो रिक्सा’लाई एम्बुलेन्सको रुपमा प्रयोग [नाम र सम्पर्क नम्बरसहित]


बैशाख २४, दाङ । कोराना महामारीको समयमा बिरामी बोक्ने एम्बुलेन्सको अभाव भएपछि दाङको तुलसीपुरमा ‘अटो रिक्सा’लाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न थालिएको छ ।

तुलसीपुर नगर जेसिजका पूर्व अध्यक्ष मोहन सुनार, नेपाल तरुण दलका नेता सुनिलबाबु डाँगी, अजय दुलालले अटोलाई सञ्चालकसंग समन्वय गरेर अटोलाई एम्बुलेन्सका लागि चलाउन उपाए निकालेका हुन ।

लकडाउनको अबधि भर एम्बुलेन्सका रुपमा सञ्चालन गर्नका लागि ९ वटा अटो एम्बुलेनस सञ्चालन गर्न थालिएको परिचालन समितिका संयोजक दिपक कुमालले जानकारी दिए ।

एम्बुलेन्स सञ्चालकहरुले बिरामबाट चर्को भाडा लिएको गुनासो आइरहेको समयमा अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न थालेपछि धेरै सर्वसाधरणले रहात पाउने अपेक्षा गरिएको छ ।

किनकी, एम्बेलेन्सका रुपमा सञ्चालन गर्न थालिएका अटोले बिरामीबाट पूर्वबत भाडा नै लिने भएका छन् ।

तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य समेत रहेका कुमालले शुक्रबार मेयर घनश्याम पाण्डेलाई ती अटो हस्तान्तरण गरिएको जानकारी दिए ।

२४ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको