दाङमा निषेधाज्ञा लम्ब्याइयो, अबको निषेधाज्ञा कडा हुने

फाइल तस्बिर

वैशाख २४, दाङ । दाङमा एक सातादेखि जारी निषेधाज्ञा जेठ १ गतेसम्म लम्ब्याइएको छ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रबार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

‘थप एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको छ,’ प्रअिज पौडेलले भने ‘ अबको निषेधाज्ञा थप कडा हुने छ ।’

यस अघि बैशाख १७ गते विहान ६ बजेदेदि बैशाख २५ गतेसम्मका लागि लकडाउन आह्वान गरिएको थियो ।

लकडाउन गरिएपनि यो बीचमा जिल्लामा तीब्र गतिमा संक्रमित बढ्दै गइरहेको देखिएको छ ।

२४ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको