उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार नाघ्‍यो

फाइल तस्बिर

बैशाख २४, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४ हजार १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३ हजार ८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा गरी कुल ४ हजार १०६ जना थपिएको जानकारी दिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

२४ बैशाख २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको