नवलपरासीका क्यान्सर पीडित बिष्णु माया लुंगेली मगरलाई मगर संसार राहतकोषबाट सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ४२ औं सहयोग हस्तान्तरण गरेको छ । नवलपरासी जिल्ला देवचूली, ४ का बिष्णु माया लुंगेली मगरलाई १० हजार रुपैंया सहयोग हस्तांतरण गरेको हो । बिष्णु माया लुंगेली मगरलाई गिजाको क्यान्सर भएको छ । संसार फोटो ग्यालरी ग्रुप पेजद्वारा अति दीन, दुखी, गरीब बिरामिहरुको लागि सहयोग गर्ने उद्देश्यले खोलिएको मगर संसार राहतकोषले मगर संसारका एडमिन तथा भाषिक उपाध्यक्ष नबीन मगरको हातबाट उक्त सहयोग हस्तान्तरण गरेको थियो ।

अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।

२३ पुष २०७७, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको