गाडापानीमा शुरु भएको भलिवल प्रतियोगितामा १४ वटा टिमको प्रतिष्पर्धा


असोज २०, सल्यान । सल्यान कपुरकोट गाउँपालिकाको गांडापानीमा खुला भलिवल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको बुधबार नेकपा एमाले सल्यानका उपाध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरे । कपुरकोट ४ मा पौराणिक रुपमा लाग्ने घटस्थापना मेलाको अवसरमा मेला व्यवस्थापन समितिले प्रतियोगिता आयोजना गरेको हो ।

डण्डिराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि भिम बहादुर सेनले सडक, खानेपानी, विद्यालय तथा स्वास्थ्य भवन निर्माण, कृषिमा यान्त्रीकिकरणसंगै खेल क्षेत्रको विकासमा पनि गाउँपालिकाले काम गरिरहेको बताए । अहिले पनि गाउँपालिकाको दुई स्थान कपुरकोट ४ को घंगारिचौर र कपुरकोट ५ को ठुलाचौरमा खेलकुद मैदान निर्माण भइरहेको बताए ।

यसै वर्ष ४ करोड १७ लाख रुपैयाँको लगानीमा कपुरकोट–किमुचौर देखी धनवाङ हुँदै गाँडापानी जोड्ने सडकको स्तरोन्नती गरिने अध्यक्ष सेनले बताए । विद्युत विस्तारको काम संघ र प्रदेश सरकारले गर्छौँ भनेकै कारण गाउँपालिकाले विद्युतिकरणमा लगानी नगरेको जनाउदै उनले त्यहाँबाट काम हुन नसकेपछी यस वर्ष फेरि १ करोड ५० लाख रुपैयाँ विनियोजनन गरिएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेपाली कांग्रेस कपुरकोट गाउँपालिकाका सभापति यगराज वली, नेपाली कांगे्रसका क्षेत्रीय प्रतिनिधी विष्णु प्रसाद शर्माले बोल्दै खेलकुद क्षेत्रको विकासले सामाजिक एकटा र सम्मृद्धिको आधारशिला तयार पार्ने धारणा राख्दै ठोस नीति र दृष्टिकोण बनाएर अगाडि बढ्न गाउँपालिकालाई सुझाव दिएका थिए ।

यस्तै राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा खेलकुद विकास समिति कपुरकोटका अध्यक्ष द्रोण केसी, राष्ट्रिय युवा संघ सल्यानका अध्यक्ष रुपक बुढा, वाइसिएल नेपाल सल्यानका सदस्य प्रेम घर्ती, रत्नलाल वली, टिकाराम कठायत लगाएतले मन्तव्य राख्दै प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।

२२ गते सम्म सञ्चालन हुने भलिवल प्रतियोगितामा १४ वटा समूहले प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने समूहले क्रमशः २५ हजार, १५ हजार र १०० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने खेल संयोजक प्रितम कठायतले जानकारि दिए । खेल उद्घाटन कार्यक्रममा हस्त बहादुर बुढाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मित्र कठायतले गरेका थिए ।

२० आश्विन २०७८, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको