कांग्रेस संसदीय दलको बैठक बोलाइयो

फाइल तस्बीर

भदौ २१, काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बोलाइएको छ ।

मंगलबार २ बजेका लागि संसद भवनमा बैठक बोलाइएको कांग्रेसले जनाएको छ । २३ गतेका लागि संसदको अधिवेशन आह्वान गरिएको छ ।

संसदको बैठक बस्नु अघिल्लो दिन कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको हो ।

सरकारले एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन गर्ने तयारी गरिरहेको छ । तर प्रमुख विपक्षीलगायत सत्ता गठबन्धनकै दलहरु एमसीसी कम्प्याक्टको विरोधमा देखिएकाले कसरी सरकारको बचाउन गर्ने भन्ने रणनीति दलको बैठकबाट बनाउने कांग्रेसले जनाएको छ ।

२१ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको