संखुवासभामा एकै परिवारका ६ जनाको ह’त्या

सांकेतिक फाइल तस्बिर

भदौ २१, काठमाडौं । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको ह’त्या भएको छ।

६ जनाको ह’त्या भएको र एक जना घाइते रहेको प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईले बताएका छन ।

वडा नम्बर १का वडाध्यक्ष खेम नाथ कटुवालका अनुसार धारिलो हतियार प्रयोग गरी ह’त्या गरिएको हो। उनका अनुसार ५७ वर्षीय तेजबहादुर कार्कीसहित ६ जनाको ह’त्या भएको हो।

८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की मृ’त अवस्थामा भेटिएका छन् ।

घटना के कसरी भएको हो भन्ने अहिलेसम्म थाहा नभएपनि अनुसन्धान भइरहेको प्रहरीले जनआएको छ।

२१ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको