काठमाडौं उपत्यकामा ३८२ घर डुबे, १३८ जनाको उद्धार


भदौ २१, काठमाडौँ । काठमाडौं उपत्यकामा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ ।

गएरातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बाढीको सबैभन्दा ठूलो असर बल्खुमा देखिएको छ।

बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट, बालाजु नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र भारी वर्षाको कारण डुबानमा परेका हुन्। त्यस्तै भक्तपुरको राधेराधे क्षेत्र पनि डुबानमा परेको छ।

आज बिहान काठमाडौं उपत्यकामा छोटो समयमै १ सय ५ मिलिलिटरसम्म वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, विष्णुमती, मनहरा, धोवीखोला, हनुमन्ते लगायत उपत्यकाका सबैजसो खोलामा आज बिहानैदेखि ठूलो बाढी आएको छ ।

२१ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको