रोल्पामा मर्मतका लागि ग्यारेजमा राखेको बस बाढीले बगायो

सांकेतिक फाइल तस्बिर

भदौ २१, रोल्पा । रोल्पामा अविरल वर्षापछि आएको बाढीले एउटा बस बगाएको छ ।

मर्मतका लागि ग्यारेजमा राखिएको स्कुल बस बगाएको प्रहरीले जनाएको छ। सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ सुलिचौर बजारमा मर्मतका लागि उक्त बस राखिएको थियो।

ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस गए राति बाढीले बगाएको हो। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बाढीले बगाएको बसको खोजी कार्य गरिराखेको बताए।

फगाम खोलामा आएको बाढीले उक्त बस बगाए पनि अहिलेसम्म फेला परेको छैन। उक्त बस सनलाइट बोर्डिङ स्कुलको हो। रोल्पा र प्युठानका प्रहरी मिलेर बस खोज्ने काम भइरहेको छ।

यस्तै रोल्पा नगरपालिका वडा नम्बर १० बाम्ला भन्ने ठाउँमा गएराति पहिराले घर पुर्दा पाँच बर्षीय बालक र ७० बर्षीय महिलाको मृत्यु भएको छ ।

करिब दूई सय मिटर माथिबाट पहिरो घरमा खसेपछि पाँच बर्षीय बालक र ७० बर्षीया महिलाको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए । घर भत्किएर पुरिएकी महिलाको शब पहिरो पञ्छाएर प्रहरीले सोमबार बिहान मात्रै निकालेको थियो । बालकको शव भने राति नै फेला परेको थियो ।

मृतक दुबै जनाको नाम खुल्न सकेको छैन । उक्त पहिरोका कारण थप दूई जना मानिस सामान्ने घाइते भएको बताइएको छ । पहिरोका कारण एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ र अन्य दूई वटा घरमा सामान्ने क्षति पुगेको पनि प्रहरीले जानकारी दिएको छ ।

२१ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको