रोल्पामा पहिरोले घर पुर्दा ५ बर्षीय बालकसहित २ जनाको मृत्यु

सांकेतिक फाइल तस्बिर

भदौ २१, रोल्पा । रोल्पामा पहिरोले घर पुर्दा दूई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका वडा नम्बर १० बाम्ला भन्ने ठाउँमा गएराति पहिराले घर पुर्दा पाँच बर्षीय बालक र ७० बर्षीय महिलाको मृत्यु भएको छ ।

करिब दूई सय मिटर माथिबाट पहिरो घरमा खसेपछि पाँच बर्षीय बालक र ७० बर्षीया महिलाको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुबेदीले जानकारी दिए । घर भत्किएर पुरिएकी महिलाको शब पहिरो पञ्छाएर प्रहरीले सोमबार बिहान मात्रै निकालेको थियो । बालकको शव भने राति नै फेला परेको थियो ।

डिएसपी सुबेदीका अनुसार यो खवर तयार पार्दासम्म मृतक दुबै जनाको नाम खुल्न सकेको छैन । उक्त पहिरोका कारण थप दूई जना मानिस सामान्ने घाइते भएको डिएसपी सुबेदीले बताए । पहिरोका कारण एउटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ र अन्य दूई वटा घरमा सामान्ने क्षति पुगेको पनि प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै गएराति नै अबिरल बर्षापछि आएको बाढीले रोल्पामा एउटा स्कूल बस बगाएको छ । सुनिल स्मृति गाउँपालिका वडा नं. ४ सुलिचौर बजारमा मर्मतका लागि ग्यारेजमा राखिएको रा १ प २०६८ नम्बरको बस बगाएको डिएसपी सुबेदीले जानकारी दिए ।

स्थानीय फगाम खोलामा आएको बाढीले सनलाईट बोर्डिङ स्कूलको बस बगाएर बेपत्ता पारेको हुँदा खोजी भइरहेको डिएसपी सुबेदीले बताए । गएराति देखि नै प्रहरी परिचालन गरि बसको खोजी कार्य जारी रहेको र हालसम्म बस फेला पार्न नसकिएको उनले जानकारी दिए ।रोल्पा र प्यूठानको प्रहरी मिलेर बस खोजी कार्य भइ रहेको प्रहरीले जनाएको छ ।

२१ भाद्र २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको