सामाजिक उत्पिडित बर्ग ‘दलितबर्ग’ भन्नेहरुको उद्धार अथवा उन्मुक्ति कहिले र किन ?


🖋️देबदत्त अबस्थी
यो बर्गलाई जहिले पनि समाजले आफ्नो दासत्वबाट मुक्त गर्न चाहेको हुदैन । किनकी त्यो उच्च बर्ग भनिने जातिय , क्षेत्रीय , भेगिय , लिंगिय , चरित्र मानबसमाज भित्र विद्यमान रहेको छ । र सुनियोजित ढंगले छद्मभेषिय रुपमा संचालन गर्दै आई रहेका छन् । अर्को कुरा समाजमा संचालित पुँजीवादी अर्थव्यवस्थाले पनि त्यसलाई बिभेद गरेको देखिन्छ । अनि त्यो बर्ग जहिले जहाँ सम्म पनि बर्गियरुपमा गरिब र विपन्न परिवारका सदस्यलाई आफू भन्दा बढी माया गर्ने गर्दछ । किनभने त्यो समाजको तल्लो वा पिछडिएको वर्गबाट आफ्नो स्वार्थको पुरा हुने हुनाले सोहि कारणले उसलाई मीठो , मिठो खान र आर्थिक सहयोग पनि गर्दछ । नकि उसलाई दया माया लागेर होइन । अर्को कुरा उनिहरु किन दलित भए , किन उत्पीडनमा परे भन्ने विषयमा छलफल हुनेछ । आदिम साम्यवादी युगमा जात जाति धर्म संस्कृति भेषभुषा केहि थिएन । सबै एका घरका मानिस थिए । पछि सामन्तवादी युग देखि मानिस , मानिसमा बिभिन्नखाले जातिय , धार्मिक स्थल अनुसारको थर , छालाको रंग अनुसार जातको बर्गिकरण गरियो । कमजोर र बलिया मान्छे भिडाएर जात बर्गिकरण गरे ।

पछिल्लो चरणमा नेपालको लिगलिगकोटमा दौडबाट राजा छानिन्थ्यो। के साच्चिकै मनुस्मृतिमा प्रचार प्रसार गरिएको जस्तो बह्रमाजिका शिरबाट ब्रहमणको छातिबाट क्षत्रिको जाँङबाट बैस्यैको र पैतलाबाट शुद्रको उत्पत्ति भएको भनिन्छ । तर तिनै पैतलाबाट जन्मेका विश्वामित्र कहलिएका थिए । तिनै विश्वामित्र दलित समुदायका टाँठा बाठा र बिद्वान हुनाले ब्राह्मणको पदवी जबरजस्ती कब्जामा लिएका थिए रे। नत ब्यास ब्रहमण थिए न विश्वामित्र हरिजन वा दलित ब्याँसपनि धोबिनिका सन्तान थिए रे ।

आज बाहुनहरुभन्दा दमाई , कामी , सुनार , तराईका राजवंशी , दनुवार , च्याँमे , पोडे , मुसहर डोमहरुका समुदायका टाँठा बाँठाहरु २१औं शताब्दीमा आएर पनि वेदका ऋचाहरु खोजी गर्ने कार्य सुरु गर्ने गरेको, र सुनियोजित ढंगले समाजका कमजोर बर्गलाई एकजुट गरेर त्यहि सामन्तवादी संस्कृतिको पुनरुत्थान गर्न गई रहेका छन ।

तसर्थ जातिय मुक्ती खोज्ने मानवसमुदायले बर्गिय मुक्तिबिना जातियमुक्ति सम्भब कुनै पनि हालतमा स्वीकार हुदैन । त्यो समुदायलाई एकाध दलितका प्रतिनिधित्व हुने गरी भएको समावेशीताको कुनै अर्थ रहँदैन । जबसम्म देशमा उत्पादनको क्षेत्रमा उत्पादकत्व वृद्धि गराएर बितरण प्रणालीमा समानता कायम हुदैन , तब ब्रहमणभित्रका दलितहरु पनि भोका नाङ्गै हुन्छन । क्षत्री भित्रका दलितहरु पनि भोकै हुनेछन । बैश्यभित्रका दलितहरुवपनि भोकै हुने छन । र दलितभित्रका ब्रहमणहरुलाई पनि त्यो दिन सुखले बाँच्न दिनुपर्छ , जुनदिन हरेक दलितको चुलोमा ब्यवस्थित आगो जलाउन सकियोस् ।

अहिले त साम्राज्यवादी शक्तिहरूले हुनेखाने दलितका प्रतिनिधिहरुलाई दलित सम्झने , महिलाको हकमा टाँठि बाँठि महिला , कर्मचारीबर्गका महिलालाई मात्र महिला सहभागिता सम्झने , पुँजीवादी संस्कृतिको बिकाश भएको देखिन्छ । तसर्थ राजनीतिक समस्या समाधान भन्दा पनि बर्गिय मुक्ति नै वैज्ञानिक हुन्छ भन्ने मेरो धारणा छ । त्यसकारण अहिले नेपालमा चलिरहेको दलाल संसदीय ब्यवस्थाको बिकल्पमा बैज्ञानिक समाजवाद अनिवार्य छ ।

जसमा क्षमता अनुसारको काम र काम अनुसार दाम शिक्षा स्वास्थ्य राज्यले अनिवार्य निशुल्क गरेर निजी बिद्यालयलाई प्रतिबन्ध लगाउनु पर्ने ,मेडिकल माफियाको चंगुलबाट मुक्त गर्न तिनको सम्पत्ति राज्यले जफत गर्नु पर्दछ । आज देशमा शिक्षामा बिभेद छ । स्वास्थ्यमा बिभेद असमानताबाट देश र जनतालाई मुक्त गर्न सबभन्दा पहिले नेताहरूको सम्पत्ति सार्वजनिक गरेर राष्ट्रका राख्नु पर्छ । राष्ट्रपति देखि वडा सदस्यसम्म कर्मचारीलाई मुख्यसचिव देखि पियन(कार्यालय सहयोगी) सम्म न्यायिक क्षेत्रमा प्रधान न्यायाधीश देखि सबैको सम्पत्तिको स्रोत खुलाएर कार्वाहि गर्नु पर्दछ ।

परापूर्व कालदेखि हालसम्म न्यायक्षेत्र भित्र भ्रष्टाचार ब्यापक हुने भएकाले ठुला – ठुला जघन्यखालका अपराध पनि पैसा दिई मिलाएर अकुत सम्पति आर्जन गरेको देखिन्छ । प्रधानन्यायाधीश देखि कार्यलय सहयोगी सबका सब सेटिङमा संचालन भएको देखिन्छ । त्यसकारण मानब समुदाय भित्रको सामाजिक उत्पिडित बर्ग वा सबै जातिभित्रका पिछडिएका दलित समुदायको अधिकार सुनिश्चित गर्न राज्यसत्ताको प्रमुख नेत्रित्वबाट सुरु गर्नु पर्दछ । तब मात्र राष्ट्र सम्पन्नताको शिखरमा पुग्नेछ ।

२३ जेष्ठ २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको