पोखरा लामागाउँमा नेकपाद्वारा राहत बितरण


जेठ २३, पोखरा ।  नेकपा कास्कीले कोभिडका कारण समस्यामा परेका पोखरा १८ लामागाउँमा २० घरधुरीलाई राहत बितरण गरेको छ । दाल, चामल, नुन , तेल जस्ता अत्यावश्यक खाध्य बस्तुहरु सहित पार्टीका जिल्ला सेक्रेटरी गोकुल पराजुलीको उपस्तिथिमा राहत बितरण गरीएको हो ।

सरकारले कोभिडको नयाँ भेरीयन्ट र सुरक्षाको ख्यालमा राख्दै चेन ब्रेक गर्न लगाएको लकडाउनका कारण दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने मजदुर, किसान, सुकुम्बासी लगायतलाई परेको समस्यालाई राहत बितरण गरेको नेकपा कास्कीका सेक्रेटरी गोकुल पाराजुलीले बताए ।

स्थानिय सरकारलाई बारम्बार उदृत गर्दा पनि नागरीकको सामान्य ख्याल समेत नगरी वेवस्था गरेको हुँदा आफुहरुले समस्यामा परेका जनताहरुलाई राहत दिईएको उनको भनाई थियो ।

२३ जेष्ठ २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको