यस्तो छ ३ दिनको मौसम पूर्वानुमान, कहाँ के हुन्छ ?

फाइल तस्बिर

जेठ २३, काठमाडौँ । मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ ।

सोही प्रभावले आज दिउँसो र राति देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ २३ गते आइतबार

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ २४ गते सोमबार

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ २५ गते मंगलबार

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, फ्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रधेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२३ जेष्ठ २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको