पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ६३ औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । दाङ तुल्सिपुर उपमहानगरपालिका ७ पर्सेनी बस्ने १२ बर्षका सन्ध्या मगरलाई दश हजार रुपैंया सहयोग रकम हस्तांतरण गरेको गरेकोछ । सन्ध्यालाई हाल ब्ल्ड क्यान्सर भई हाल कान्ति बाल हस्पिटल काठमाडौमा उपचार भइरहेको छ । बिपन्न परिवारका मगर नेपाल मगर सांस्कृतिक संघका अध्यक्ष कविराज मगरको हातबाट उक्त सहयोग हस्तान्तरण गरिएको हो ।
बिपन्न परिवारका संध्याको उपचारमा लाखौँ रुपैंया खर्च लाग्ने भएकाले मगर संसारले देश बिदेशमा रहनुभएका सबै नेपालीहरुलाई सहयोगको लागि अपिल गरेको छ ।
बिरामीलाई सहयोग गर्न निम्न नम्वरमा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क- 9843460472 (संध्या मगरको बुवा- स्याम बहादुर राहु मगर)
बैंक::- राष्ट्रीय बाणिज्य बैङ्क
खाता नम्बर 416002876710
अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।
मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने वरिष्ठ-उपाध्यक्षमा हाल जापानमा रहनुभएका बागलुङका राज लमतरी मगर, उपाध्यक्षमा हाल युएईमा रहनु भएका सिंधुलीका एम. बी. मगर, त्यस्तै अर्का उपाध्यक्षमा धादिङका रन्जु मगर हुनुहुन्छ ।
मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, अजिशा मगर र प्रदीप घर्ती मगर हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस