भारत गएका सल्यान डाँगीगाउँका याम बहादुर बेखर

कहाँ होलान सल्यान डाँगीगाउँका याम बहादुर !


चैत्र २४, सल्यान । सल्यान डाँगीगाउँका याम बहादुर डाँगी भारतबाट बेपत्ता भएका छन् । साथीको उपचारका लागि भारत पुगेका सल्यानका याम बहादुर डाँगी बिगत मंसीर देखि बेपत्ता भएका हुन् । साथी गणेश डाँगीको उपचारका लागि सहयोगी बनेर गएका उनि भारतको गुजरात प्रदेश राजकोट जिल्लाबाट बेपत्ता भएको उनका बुबा शेर बहादुर डाँगीले बताए ।

उनि २०७७ मंसिर ९ गते बेपत्ता भएका थिए ।

बाग्चौर नगरपालिका ९ डाँगीगाउँ घर भएका ३२ बर्षिय याम बहादुर डाँगी अहिलेसम्म बेखबर रहेको उनका बुबा शेर बहादुर डाँगीले पोष्टपाटीसंग बताए । बुबाका अनुसार भारतको गुजरात प्रदेश, राजकोट जिल्ला धावा जक्सन महिला कलेज चोकको चन्द्रेस्वरीको होटेलबाट राती करिव ११ बजे देखि हराएका हुन् । अन्तिम पटक फोन सम्पर्क त्यहि भएको बुबा शेर बहादुरले सुनाए ।

राती सुर्ती किन्न गएको तर नफर्किएको उनका साथि गणेश डाँगीले बताउने गरेको बाबा डाँगीले जनाए ।

घरमा श्रीमती र छोरा-छोरी छन् भने साथमा आमा बुबा पनि छन् । बुबा शेर बहादुर डाँगीले भारतमा बस्नु हुने नेपालीहरुले देखे वा भेटेमा आफुलाई खबर गर्न समेत आग्रह गरेका छन् । उनले भने ‘अहिलेसम्म छोराको अत्तोपत्तो छैन, घरमा परिवारहरु पर्खेर बसेका छौ’ ।

कतै देखेमा ९८०९७८४५९७ र ९८६८१९०९५० मोबाईल नम्बरमा फोनगरि सम्पर्क गर्न सक्नु हुनेछ ।

२४ चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको