रोल्पामा विप्लब नेकपाले बढायो राजनैतिक गतिबिधि


चैत्र २४, रोल्पा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पामा आफ्नो राजनैतिक गतिबिधिलाई तिब्र बनाएको छ । पार्टीको नयाँ नीति तथा कार्यक्रम गाउँ स्तरसम्म पुर्याउन जिल्लाव्यापी राजनैतिक प्रशिक्षण तथा बैठकहरु धमाधम सम्पन्न भैरहेका छन् ।

रोल्पाको लुङग्री र सुनिल स्मृति गाउँ कमिटीको राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । लुङग्रीमा सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा जिल्ला ईन्चार्ज दिनेश बिक्रम चन्द र अतिथिमा जिल्ला सेक्रेटरी शोभाराम राना रहेका थिए । गाउँकमिटी इन्चार्ज नवीन बिष्टको अध्यक्षता रहेको प्रशिक्षण कार्यक्रमलाई गाउँकमिटी सेक्रेटरी श्रवण रोकाले संचालन गरेका थिए ।

त्यसैगरी नेकपा सुनिल स्मृति गाउँ कमिटी रोल्पाको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि नेकपा रोल्पा जिल्ला निबर्तमान ईन्चार्ज सन्तोष सुवेदी रहेका थिए भने विशिष्ट अतिथिमा दिनेश बिक्रम चन्द र अतिथिमा जिल्ला सेक्रेटरी शोभाराम राना रहेका थिए । सुनिल स्मृति गाउँ कमिटी ईन्चार्ज नृपेन्द्र सिँहको अध्यक्षता रहेको कार्यक्रमलाई सेक्रेटरी प्रदीप कवरले संचालन गरेका थिए ।

लुङग्री गाउँ कमिटीमा एकीकृत जनदिशा अभियानको लागि ६-६ जनाको २ टिम गठन भएको छ भने सुनिल स्मृतिमा ७-७ जनाको दुईवटा अभियान टिम गठन भएको रोल्पा जिल्ला सेक्रेटरी शोभाराम रानाले जनाए । उक्त टोलीको नेतृत्वमा सम्बन्धित गाउँकमिटिका इन्चार्ज र सेक्रेटरीले गर्ने निर्णय भएको जनाइएको छ ।

बैठकमा राजनीतिक बैचारिक, संगठन, आर्थिक लगायतका विभिन्न विषयहरुमा निर्णय लिएको रानाले जनाए । उनले भने ‘प्रशिक्षणले पार्टीको योजनालाई कार्यनयन गर्न उत्साहित बनाएको छ साथै सहभागीहरू पार्टीको योजनालाई युवा र जनसमुदायको बीचमा राख्ने प्रतिबद्ध छन् ।’

२४ चैत्र २०७७, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको