मगर संसारले चैत ५ गते देखी निशुल्क ५ दिने अनलाइन उद्घोषक तालीम सञ्चालन हुने


“भेषभूषा, भाषा, धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौ, विश्व भरिका मगरलाई एकजुट गराऔ” भन्ने उद्देश्यले खोलिएको सामाजिक सञ्जाल फेसबुक ग्रुप मगर संसारले अनलाइन मार्फत उत्घोषक तालिम सुरु गर्ने भएको छ । पाँच दिने उत्घोषक तालीममा सहभागी हुने मगर संसारका संस्थापक अनिल लामिछाने मगरले सबै मगर समुदायलाई आग्रह गर्नुभएको छ ।

मगर संसार फोटो ग्यालरी ग्रुप भित्र विभिन्न रचनात्मक कार्यक्रमहरु मध्य यही चैत ५ गते देखी सुरु हुन गईरहेको निशुल्क ५ दिने दिने उत्घोषक तालीम मगर संसार ग्रुप भित्र प्रत्यक्ष लाइभ मार्फत हुने भएकाले ग्रुप भित्र आबद्द मगर समुदायलाई संस्थापक लामिछानेले आग्रह गर्नुभएको हो ।

संचारकर्मी श्याम राना मगर प्रशिक्षक रहेको कार्यक्रम चैत्र ५ गते, बिहिवार देखी ९ गते, नेपाली समयअनुसार राति ८ बजेदेखि ९ बजेसम्म सोमबारसम्म यो प्रशिक्षण संचालन कार्यक्रम गरिनेछ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, रन्जु मगर, मोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर, हस्तरा पुन मगर, रमेश बुढा मगर र प्रकाश मगर हुनुहुन्छ ।

२२ फाल्गुन २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको