प्रिय नगरबधु
तिम्रो नगर राज्यमा
जागीर प्रोमोसन र पुरस्कारको हकदार भएनौ
कृतज्ञको नाममा
शरीरलाई सहनशीलताको फलाम बनायौ।
कमोल मनलाई कसैको गुलाम बनायनौ।
तिमि रोयर, दुख धोयर, पलपल मरेर
तिम्रो शितलतामा
अरुलाई के छहारी छर्कीएकी थियौ
लुटुपुटु आनन्दमा
स्वर्गीय विश्राम के लुताएकी थियौ
लुकीछिपी तिमीलाई बुईपातला खोजी गर्दै
चिथोर्दै तिर्खामा तिमीलाई चुस्नेहरु
भोको शिंह झैँ झम्तिदै
जीब्रो लेपार्दै स्वाद लिनेहरु
तिमीलाई वेस्वादिलो पार्न,
वेश्याको उपहार पठाएका छन् ।
प्रिय नगरबधु,
तिमी रोग, भोक र शोकले
मृतु-मार्गमा अल्झिएको बेला पनि
तिम्रो स्पर्शमा
भोग, बोझ अनि निराशाले
आत्महत्याका सोचले थिचिएकाहरु
भौरिदै जीउन सिक्छ्न
अनि तिमीलाई वेश्या भनि
तोटेबोलीमा जीवनको भामे सर्छन।
प्रिय नगरबधु
यो मानव सव्यतामा
तिम्रो प्रियसी
मानसिक रोगीहरुको खुराक हो
तिमी महान चिकित्सक हौ
शायद तिमी विना
यो संसार
पागलहरुको दिशाविहीन हुल अनि
कुरुवा बरुवाहरुको बगाल हुन्थ्यो।
अहो
प्रिय नगरबधु
तिमी त लाजमर्दा लात सहेर
अश्लिलाताका बा%A पिएर
तिम्रा %Aमोल आलिङ्गनमा
सुमसुम्यौदै, सुस्ताउदै
आमा बा अनि घर दिदा पनि तिमीलाई
पैचो तिर्न
वेश्याको चेक थमाएका छन।
प्रिय नगरबधु
तिम्रो मनको बजार,
विचारको पसल,
धर्मको दुकान,
झुठको फसल छैन
बरु, तिम्रो जीवनको रङ्गशालामा
विकेट जार्नेहरु,
गोल छिराउनेहरु,
अनि आखा कान मन थुनेर कराउनेहरु
न्याय-सभाका अर्थ- न्यायमुर्तीहरु
धर्म-सभाका वर्ग- धर्मगुरुहरु सित
सबै भोग
सबै थोक छ;
फेरि पनि
तै पनि
प्रिय नगरबधु वेश्या ?
प्रतिक्रिया दिनुहोस