मोरङ जिल्ला लेटाङका सागर थापा मगरलाई मगर संसार राहतकोषको सहयोग


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ५३ औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मोरङ जिल्ला लेटाङका सागर थापा मगरलाई कोषले १० हजार सहयोग हस्तान्तरण गरेको हो । दुवै आँखाले समेत देख्न नसक्ने सागरको दुबै मृगौला फेल भएकाले उनको उपचारको लागि मगर संसार राहत कोषले सहयोग प्रदान गरेको हो । मगर संसारका सक्रिय एडमिन युगेश पांमी मगरले बिरामीको घरमै गएर सहयोग हस्तान्तरण गरिएको हो ।

अनिल लामिछाने मगर अध्यक्ष रहेको मगर संसार परिवार गरिव दुखिहरुको सहयोगमा हरदम क्रियाशील रहेकाले ग्रुप भित्र आबद्ध रहेका मनकारी मगर समुदायले ग्रुप एडमिनहरुलाई सम्पर्क गरि थोरै भएपनि सहयोग गर्न एडमिन परिवारले सम्पूर्ण मगर समुदायहरुलाई अनुरोध समेत गरेको छ ।

मगर संसार फोटो ग्यालरीको संचालक समितिको संस्थापक तथा अध्यक्ष अनिल लामिछाने मगर रहेको संचालक समितिमा एडमिनहरुमा बिखर्ची रोका मगर, मन मास्की रानामगर, शान्ति राना मगर, प्रनिष आले मगर, रन्जु मगर, नबिन मगर, छिनिङ मगर, तिर्सना झेंडी मगर, लक्ष्मी थापा मगर, A4ोनीका मगरनी, अञ्जली राना मगर, प्रिया राना मगर, तिर्सना थापा मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, तुगा राना मगर, नबिना पुन मगर रहेका छन् ।

त्यस्तै मगर संसारका सल्लाहकारहरुमा पोखराबाट हाल इजरायलमा बस्दै आएका मन मास्की राना मगर, म्याग्दिबाट हाल मलेसियामा बस्दै आएका बिखर्ची रोकामगर, चितवनबाट हाल बेलायत बस्दै आएका ज्योती रजाल मगर र पाल्पाबाट हाल काठमाडौमा बस्दै आएका माया घर्तीमगर रहेकाछन् ।

२४ माघ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको