मगर भाषा ‘ढूट’ को अनलाइन प्रशिक्षण फाल्गुन १ गते देखी पुनः शुरु हुने


पोष्टपाटी, काठमान्डौ ।
केहि समय रोकिएको मगर भाषाको अनलाइन प्रशिक्षण फेरी शुरु हुने भएको छ । मगर संसार फोटो ग्यालरीले मगर ढुट र मगर खाम भाषाको प्रशिक्षण कार्यक्रम संचालन गर्दै आएको छ । प्रशिक्षक आकृति थापा मगरको कार्यव्यस्तताले केहि समय मगर ढुट भाषाको अनलाइन प्रशिक्षण रोकिएको थियो । आउने फाल्गुन १ गतेदेखि नयाँ प्रशिक्षकको साथमा मगर संसारले पुनः प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । साँझ ६ बजेदेखि ७ बजेसम्म चल्ने प्रशिक्षण कार्यक्रममा उमा बलाल मगरलाई प्रशिक्षकको रुपमा देख्न पाइनेछ ।

२४ माघ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको