मगर संघ युएई साखाको अजमान क्षेत्रीय समितिको पुनर्गठन


पोष्टपाटी, युएई ।
नेपाल मगर संघ साखा युएईले आजमान क्षेत्रीय समितीको पुनर्गठन गरेको छ । ५ फेव्रवरी २०२१ शुक्रवारको दिन युएइको आजमान स्थित काठमाडौ दरवार रेस्टुरेन्टको हलमा नेमस शाखा युएईको उपाध्यक्ष मनु गाहा मगरको अध्यक्षता, नेपाल मगर संघ बैदेशिक शाखा साउदी अरेबियाका निवर्तमान अध्यक्ष युवराज पुन मगरज्युको संयोजकत्व र नेस शाखा युएईका सल्लाहकार डोल राना मगरको समुपस्थितिमा श्याम श्रीस मगर अध्यक्ष रहेनेगरी ८ सदस्यीय आजमान क्षेत्रीय समिती पुनर्गठन गरिएको हो ।

नव गठित पदाधिकारीहरुमा अध्यक्ष श्याम श्रीस मगर, सचिवमा टेक बहादुर मगर र कोषाध्यक्षमा मान सोमै मगरलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा गिरबहादुर सोमै मगर, यम बहादुर ठाडा मगर, सागर मगर, भिम बहादुर खासु मगर, प्रविन थापा रहेका छन् ।

 

 

 

२४ माघ २०७७, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको