असोज १९, रोल्पा । नेत्र बिक्रम चन्द ‘ बिप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रोल्पाले जिल्ला प्रशासन कार्यलयमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ । कोणसभा सहित रोल्पाको लिबाङमा सोमबार सम्पन्न गरेको हो ।
प्रतिबन्ध फुकुवापछि सरकारसंग भएको तीन बुदे सहमति कार्यनयन गराउन दवादमुलक कार्यक्रम भएको नेकपा रोल्पाका सेक्रेटरी दिनेश बिक्रम चन्दले बताए ।
देशभरका सम्पुर्ण राजबन्दीलाई रिहाई गर्न र झुट्टा मुद्दा खारेज गर्न जिल्ला प्रशासन कार्यलय रोल्पामा नेकपाका नेता तथा कार्यकर्ताले दवाव दिएका थिए ।
यस्का साथै युवा संगठन नेपाल रोल्पा जिल्लाको दोस्रो बैठक पनि सम्पन्न भएको जनाईएको छ ।
प्रतिक्रिया दिनुहोस