मगर संसार राहतकोषबाट ८० औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ८० औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्ला ब्यास -१ का बोनम्यारो क्यान्सर बिरामी दीपक मगरलाई ४० हजार २ सय २० रुपैंया सहयोग प्रदान गरेको छ । मगर संसारको अपिल देखेर सहयोग पठाउनु हुने हाल अष्ट्रेलिया बस्नुहुने तनहुँ निवासी दानी मगरले मगर संसारको माध्यमबाट सहयोग हस्तान्तरण गर्नुभएको छ ।

तनहुँ जिल्ला देवघाट गाउँपालिका-२ वैदि हाल व्यास नगरपालिका -१ मा भाडामा बस्दै आएको वोनम्यारो क्यान्सर पिडित-२६ वर्षीय दिपक मगर घरको अवस्था अत्यन्तै नाजुक रहेका कारण समयमा उपचार गर्न समस्या परेकोले मगर संसारका अध्यक्ष अनिल लामिछाने मगरले सम्पूर्ण नेपालीहरुमा सहयोग गर्न अनुरोध गर्नुभएको छ । सहयोगको लागि दिपक मगर, मेगा बैंक खाता नं. 1550050068529 रहेको छ भने बिरामीको सम्पर्क नम्वर 9814167662 रहेको छ ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा मन मास्की रानामगर, शान्ति राना मगर, मोनीका मगर्नीप्रिया राना मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, टूगा राना मगर, नबिना पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, एजिशा मगर्नी, प्रदीप घर्ती मगर, जानकी मगर, नीरू मास्की राना मगर, रन्जना थापा मगर मन ढेंगा मगर हुनुहुन्छ ।

२० भाद्र २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको